छ लाख बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण

– हेमराज शर्मा  |  असार ०१, २०७७  | ५१२ पटक पढिएको

१ असार, गढवा । क्रियटिङ पोसिबिलिटिज नेपाल (सी.पी.)ले दोस्रो चरणको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । राजपुर, राप्ति र गढवा गाउँपालिकालाई कोरोना भाइरसको रोकथाम र न्युनिकरणका लागि करिब ६ लाख बराबरको आर्थिक सहयोगमा उक्त स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

राजपुर, राप्ति र गढवा गाउँपालिकालाई गाउँपालिकामा रहेका बिभिन्न क्वारेन्टाइनलाई ब्यवस्थित गरि कोरोना भाइरस रोकथाम तथा न्युनिकरणलाई साथ दिन उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको सि.पी. नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिए ।

राजपुर गाउँपालिकाकालाई पिपिइ १५ , के एन ९५ मास्क ३ सय ५०, सर्जिकल मास्क ८ सय, डिजिटल धर्मोमिटर ५०, ब्याक स्प्रे १, स्यानिटाइजर ६५ लिटर र आइ आर थर्मोमिटर १ वटा, गढवा गाउँपालिकालाई पिपिइ १८, के एन ९५ मास्क ४ सय ५० , सर्जिकल मास्क ८ सय, डिजिटल धर्मोमिटर ६०, ब्याक स्प्रे १, र स्यानिटाइजर ७५ लिटर, राप्ति गाउँपालिकालाई पिपिइ २२, के एन ९५ मास्क ५ सय, सर्जिकल मास्क ८ सय, डिजिटल धर्मोमिटर ७०, ब्याक स्प्रे १, स्यानिटाइजर ८५ लिटर र आइ आर थर्मोमिटर १ वटा प्रदान गरिएको सि.पी नेपालका निर्देशक सापकोटाले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा सि.पी. नेपाल कार्यसमितीका महासचिब मन्द्रशेखर बद्योपाध्याय, यातायात व्यवस्था विभागका निर्देशक तिर्थराज खनाल, सि।पी नेपालका महिला संयोजक सरिता चौधरी, विद्यार्थि संयोजक दिपा चौधरी लगायत सम्बन्धित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार