२०७९ माघ २१, शनिबार

आगलागीबाट अढाइ लाखको क्षति

चैत्र १८, २०७५  | ८२६ पटक पढिएको

१८ चैत, लहान / ग्याँस सिलिण्डरको रेगुलेटर लिकेज भएर सिरहाको कल्याणपुर नगरपालिका–११ मा गए राति आगलागी हुँदा करीब रु दुई लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

कल्याणपुर नगरपालिका–११ निवासी ज्ञान मण्डलको घरमा खाना पकाउँदै गर्दा एक्कासि ग्याँस सिलिण्डरको रेगुलेटरबाट ग्याँस लिकेज भएर आगलागी हुँदा लत्ताकपडा, भाडाकुँडा, नगद रु १० हजारलगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको आधा घण्टापछि स्थानीयवासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस