कोरोना जितेर आज बेलझुण्डीबाट ८ जना घर जाँदै

जेठ २२, २०७७  |  ११६ पटक पढिएको

२२ जेठ, तुलसीपुर / कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएका कोरोना बिरामी मध्य आठ जना निको भएर घर जाँदैछन् । गत जेठ २ र ३ गते अस्पतालमा भर्ना भएका उनीहरु उपचार पछि निको भएर आज घर जान लागेको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार दाङको गढवाका १ जना, नरैनापुर बाँकेका ५ जना र शिव नगरपालिका कपिलवस्तुका २ जना गरी आठ जना निको भएका हुन् ।

उनीहरुलाई आज विहान ११ बजे एक कार्यक्रमका बिच विदाई गरिने भएको छ । अस्पतालमा अहिले ५० जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । यस अघि पनि ८ जनाले कोरोना जितेर घर फर्कि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार