कोरोनालाई जितेर ६ वर्षीया बालिकासहित थप १२ जना घर फर्किए

जेठ २१, २०७७  |  ९९ पटक पढिएको

२१ जेठ, काठमाडौं / बुधबार देशभरका आइशोलेसनमा उपचाररत १२ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । कपिलवस्तुकी ६ वर्षिय बालिका त्रिवि शिक्षण अस्पतालबाट १९औँ दिनमा निको भएर घर फर्किएकी छिन् ।

जनकपुर अस्पतालबाट पाँच जना डिस्चार्ज भएका छन् । २० वर्षिया महिलासहित १९ देखि ४० वर्षीय तीनजना पुरुषहरु ११ देखि १६ औँ दिनमा डिस्चार्ज भएका हुन् । उनीहरु धनुषा, महोत्तरी र सर्लाहीका हुन् ।

टेकु अस्पतालबाट काठमाडौंका ६९ वर्षीय एक जना पुरुष डिस्चार्ज भएका छन् । उनी नवौं दिनमा डिस्चार्ज भएका हुन् । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट रौतहटका ३४ वर्षीय पुरुष डिस्चार्ज भएका छन् । उनी १५औँ दिनमा डिस्चार्ज भएका हुन् ।

बुटवलबाट ४ जना डिस्चार्ज भएका छन् । उनीहरु अर्घाखाँची र कपिलवस्तुका पुरुषहरु रहेका छन् । १८ देखि १४ वर्षका पुरुषहरु १० देखि २५ औँ दिनको अवधिमा संक्रमणलाई हराएर घर फर्किएका छन् । यसरी हालसम्म प्रदेश १ मा ४८, प्रदेश २ मा १०९, बागमती प्रदेशमा ३१ र गण्डकी प्रदेशमा ३ जनाले कोरोना लाई हराएका छन् ।

त्यसैगरी, प्रदेश ५ मा ८० र सुदुरपश्चिम प्रदेशमा ७ जनाले कोरोनालाई जितेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म २२२ पुरुष र ५६ महिला गरी २७८ जनाले कोरोनालाई हराएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार