लकडाउन डायरी: ‘नन सिम्प्टम कोरोनाज्….’

जेठ १९, २०७७  |  २५५० पटक पढिएको

यो पनि पढ्नुहोस् !

लकडाउन डायरीः ‘साबुनको फिजले मर्ने भाइरसको यत्रो वितण्डा’

नविन ठिक एकसातापछि त्यहि चोकमा भेटिंदा बकिरहेको थियो, नन सिम्प्टम कोरोनाज…। लक्षणै नदेखिएकामा पनि कोरोना भाइरसको संक्रमण । उ रनभुल्लमा पर्यो । सहकर्मि स्वास्थ्यकर्मिलाई फोनगर्दा मोवाइलमा कोरोनाका लक्षणहरु पनि बोलिएनन् । उसले सुन्यो, तपाई जोकोहिलाई पनि कोरोना लाग्न सक्छ ।

केहि साता अघिसम्म सुख्खा खोकि लाग्ने, उच्च जरो आउने, श्वास फेर्न गाह्रो हुने कोरोनाका लक्षणहरु हुन भनेर नेपाल टेलिकमले सन्देश फैलाइरहेको थियो । तर यो सन्देश अब फेरिएको छ । लक्षण बिना कोरोनाका संक्रमित हुने अवस्थाले उ फेरी झस्कियो । उच्च जरो आएका बिरामीहरुलाई नविनले सावधानीपुर्वक जरो नाप्ने र लक्षण अनुसारका औषधि दिने गरेको थियो । किनकि प्यारामेडिक्सको धर्म यहि हो ।

बेलझुण्डिको कोरोना विशेष अस्पतालबाट शुक्रवार डिस्चार्ज हुनेहरुमा सामान्य रुघाखोकी समेत लागेन । उच्च जरो आउने र श्वासफेर्न अप्ठेरो हुने त टाढैको कुरा । बिदाई हुँदा कोरोनाका संक्रमितहरुले भनेका थिए, दाङको कोरोना विशेष अस्पताललाई विशेष धन्यवाद, यहाँ हामीहरुलाई एक क्याप्सुल औषधी पनि खानुपरेन, हामीहरु कोरोना संक्रमणमुक्त भएर घरफर्किदै छौं ।

त्यसो त कोरोना विशेष अस्पताल बेलझुण्डीमा साधन श्रोत नभएको होइन, ६ वटा आइसियु, ४ वटा भेण्टिलेटर समेत तयारी अवस्थामा छन् । यद्यपि यहां आएका कम्तिमा अढाइदर्जन विरामीलाई आइसियुमा राखेर उपचारसेवा प्रवाह गर्नुपरेको छैन । किनकि यहाँ आउने विरामीहरुमा कुनैपनि खालको गम्भीर स्वास्थ्य समस्या देखिएको छैन । नविनले यी सवै घटनाक्रम नियालीरहेको छ ।

“सामान्य रुघाखोकी समेत छैन । उच्च जरो आउने र श्वासफेर्न अप्ठेरो हुने त टाढैको कुरा । लक्षणै नदेखिएकामा पनि कोरोना भाइरसको संक्रमण । नन सिम्प्टम कोरोनाज…।”

कोरोना भाइरस कोभिड—१९ का लक्षणहरु कुन देशका विरामीहरुलाई लक्षित गरी बनाइएको हो, नविन रनभुल्लमा छ । उसले जरो आएका मान्छेलाई कोरोनाको संक्रमण हुन सक्ने अड्कल काटेको थियो । विशेषगरी भारतीय सिमानाकाबाट प्रवेश गर्ने अधिकांश नेपालीलाई कोरोनाको भनिएका लक्षणहरुनै देखिएका छैनन् । अन्य नागरीकहरुजस्तै छन्, संक्रमित विरामीहरु । नविनले मात्र होइन, नेपालभरका सरकारी अस्पतालले समेत जरो आएका विरामीलाइ कोरोनाको संक्रमण हुन सक्ने भन्दै त्यस्ता विरामीलाइ जाँच्ने मात्र होइन, नजिक आउन समेत सकेसम्म नदिने दाउमा देखिए । त्यसैकारण नेपाल सरकार दिक्क भएर सरकारी अस्पताललाइ विशेष अनुदान दिएर सवै अस्पतालमा फिवर क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको थियो ।

नविन बोलिरहेको थियो, निर्देशन त दिन्छन्, ठिकै हो, तर एक्सन लिने निकाय मौन बसिदिंदा समस्या भएको छ । कोरोना कोरोनना… भन्दैगर्दा धेरै कलेजोका समस्या भएका विरामीहरुलाई उपचारसेवा पाउनै मुस्किल छ, टाइफाइड र झाडापखालाका विरामीहरुलाई पनि अस्पतालले लिंदैनन् । प्यांक्रियाजमा घाउभएर कुहिन थालेका विरामीलाई काठमाण्डौ पठाउनुपरे त्यहांको अस्पतालले कोरोना नेटेटिम भएको रिपोर्ट खोजिरहेको हुन्छ, तर कोरोना परीक्षण त्यस्ता विरामीहरुलाई सहज छैन ।

अघिल्लो साता एपेण्डिसाइटिसको समस्या भनेर घोराहीको बुद्ध अस्पतालमा शल्यक्रिया गरिएका प्युठान जिल्लाका कृष्ण केसीको प्यांक्रियाजमै इन्फेक्सन देखिएपछि उनलाई काठमाण्डौको शिक्षण अस्पतालमा तत्काल लग्न अस्पतालले भन्यो । तर शिक्षण अस्पतालले कोरोना परीक्षण गरेर मात्र आउन भनेपछि विरामीका आफन्तलाई निकै कठिन्याई भएको थियो । किनकि उनको कोरोना परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सहज थिएन, अनि जिल्ला स्वास्थ्य कार्यालय मार्फत गरीने आरडिटि परीक्षण पनि सहज बन्न सकेन ।

नन कोरोनाका विरामीहरु कसरी लकडाउनमा घरमै मृत्यु कुरीरहेका छन् भन्ने सवालमा सरकार कत्तिपनि गम्भीर देखिएको छैन । किनकि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणको हाउगुजी फैलिइरहेको छ । अस्पतालमा भर्ना भएका विरामीलाई निकालेर इन्डोर विहिन बनाइएको छ । मानौं मृत्यु कोरोनाको संक्रमणमा छ, उपचार कोरोनाको मात्र हुने हो…। किनकि कोरोनाको उपचारमा अनुदान आउंछ, सहयोग आउंछ, अरु विरामी उपचार नपाएर मृत्यु भएपनि केहि छैन ।

अघिल्लो साता सावुनको फिजले मर्ने कोरोना भइरसले विश्वमा वितण्डा मच्चाएको बोलिरहने नविनले हिंजो सनीवार तुलसीपुर उपमहानगरपालिका—१८कै एक बस्तीमा चालिस रुप्पे किलो लहरे गुर्जोको व्यापार भैरहेको देख्यो । कोरोना भाइरसका विरुद्ध लड्न सक्ने क्षमता बढाउन लहरे गुर्जोको नियमित सेवन भन्ने आयुर्वेद चिकित्सा विधाको प्रचारले अहिले हरेक नागरीकको चिया लहरेगुर्जो र अश्रुगन्धाको धुलो मिसाएर तयार हुन्छ । विजौरीको आयुर्वेद चिकित्सालयले पनि यस्तै औषधिहरु विभिन्न समुदायमा वितरण गर्दै आएको छ । नविन बोलिरहेको थियो, जहां जे उपलव्ध हुन्छ, त्यहां त्यहि चिजले उपचार गर्नेन हो । नेपालमा प्रशस्त जडिबुटिहरु भएकाले यो पनि एउटा परीक्षण हुन सक्छ ।

लक्षण विनाका विरामी भनिएजस्तै अहिले गाउंबस्तीमा भारतीय सिमा नाकाबाट धेरै नागरीकहरु गृहजिल्ला फर्किरहेका छन् । नेपालकै पनि विभिन्न इटाभट्टामा कामगर्नेहरु घरतर्फ पर्किरहेका छन् ।

लक्षण विनाका विरामी भनिएजस्तै अहिले गाउंबस्तीमा भारतीय सिमा नाकाबाट धेरै नागरीकहरु गृहजिल्ला फर्किरहेका छन् । नेपालकै पनि विभिन्न इटाभट्टामा कामगर्नेहरु घरतर्फ पर्किरहेका छन् । भारतबाट आएकाहरुलाई सकेसम्म क्वारेन्टाइनमा राखिएको छ, काडमाण्डौ लगायत नेपालका अन्य शहरबाट आएकाहरुलाइ सुरक्षित रुपमा आफ्नै घरमा शेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ । कसैमा पनि कोरोनाको लक्षण देखिएको अवस्था छैन । त्यसैले नविनको मनस्थीति फेरी बदलिएको छ, कतै मलाई पनि कोरोनाको संक्रमण त छैन, किनकि यहां देखिइरहेका छन् नन सिम्प्टम कोरोनाज…..।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार