दंगीशरणको क्वारेनटाईनमा रहेका ५८ जनाको स्वाब परीक्षणका लागि पठाईयो

जेठ १८, २०७७  |  ११२ पटक पढिएको

– दिप्तीशिखा चौधरी,
१८ जेठ, दंगीशरण / दंगीशरण गाउँपालिकाको दुई वटा क्वारेन्टाईनमा रहेका ५८ जनाको स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको छ । गाउँपालिकाको विरेन्द्र मावि हेकुलीमा रहेका ३० जना र श्री सिद्ध पृथ्वी जनता मावि श्रीगाउँमा रहेका २८ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाईसकिएको स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकारी दिए । अहिले गाउँपालिकामा कामको शिलशिलामा बाहिर जिल्ला र भारत गएका नागरीकहरु आउने क्रम बढेसंगै गाउँपालिकाले व्यवस्थापनका साथ ल्याएर क्वारेन्टाईनमा राख्दै स्वाब परीक्षण कार्यलाई अगाडि बढाएको छ ।

पालिकाको विरेन्द्र माविमा रहेको क्वारेन्टाईनमा आज मात्र ३२ जनालाई राखिएको छ । क्वारेनाईन संयोजक अनन्त चौधरीका अनुसार वडा नं. १ का ३१ वर्षका, ४० वर्षका, २१ वर्षका, २१ वर्षका, १६ वर्षका, २३ वर्षका, ३३ वर्षका र २८ वर्षका गरि ८ जना पुरुष, २६ वर्षका ईन्डियाबाट आएका, २१ वर्षका, १५ वर्षीय महिला, २६ वर्षका, २३ वर्षका, ५० वर्षका, ४९ वर्षका पूरुष, गरी छ जना काठमाडौंबाट आएका हुन् भने १८ वर्षका, १९ वर्षका, १७ वर्षका, १८ वर्षका, १९ वर्षका, ४२ वर्षका ६ जना पुरुष ईन्डियाबाट आएको खुलेको छ ।

यस्तै वडा नं. ३ का १७ वर्षका, २० वर्षका दुई जना काठमाडौंबाट आएका हुन् भने ४५ वर्षका, १८ वर्षका, ४० वर्षका तीन जना पुरुष ईन्डियाबाट आएका हुन् । यस्तै वडा नं. ४ का ४५ वर्षका, ५५ वर्षका, २१ वर्षका, २३ वर्षका चार जना पुरुष ईन्डियाबाट आएका हुन् भने ६१ वर्षका एक पुरुष काठमाडौंबाट आएका हुन् ।

यस्तै वडा नं. ५ का २७ वर्षका एक पुरुष ईन्डियाबाट आएको खुलेको छ । यसैबिच श्री सिद्ध पृथ्वी जनता माविमा ३५ जनालाई राखिएको छ । वडा नं. ६ का ४२ वर्षका एक पुरुषलाई राखिएको छ । उनी फर्किएर घरपरिवारसंग सम्पर्कमा आएको भन्दै ४० वर्षिय श्रीमती, ११, ७, ९ र ३ वर्षका छोराछोरीलाई क्वारेनटाईनमा राखिएको हो ।

यस्तै वडा नं. १ का २३ वर्षका, २० वर्षका सहित २ वर्षका बच्चा गरि ३ जनालाई राखिएको छ । वडा नं. २ का भारतबाट आएका ३० वर्षका एक पुरुष रहेका छन् भने वडा नं. ३ का १९ वर्षका, २१ वर्षका, २३ वर्षका, १९ वर्षका पुरुष र २६ वर्षिय एक महिला गरि ६ जना रहेका छन् । वडा नं. ५ का ४९ वर्षका, ४८ वर्षका, ३४ वर्षका, २४ वर्षका, २७ वर्षका, २४ वर्षका र २४ वर्षकै गरि सात जना रहेका छन् ।

वडा नं. ६ का २६ वर्षका, २८ वर्षका, २१ वर्षका, १९ वर्षका, २९ वर्षका, २८ वर्षका, २२ वर्षका गरि ७ जनालाई राखिएको छ । वडा नं. ७ का ४३ वर्षका, ४६ वर्षका, २६ वर्षका, २२ वर्षका, २८ वर्षका गरि पाँच जनालाई राखिएको क्वारेनटाईनबाट देव बहादुर केसीले जानकारी दिए । उनीहरु सबै भारतबाट आएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार