२०७९ माघ १३, शुक्रबार

जक्सन सोनापुर, टपिक्स पोलुशन

चैत्र १७, २०७५  | १८२७ पटक पढिएको

खेमराज रिजाल
१७ चैत, दुधरास/  विना सुचना अपझ्र्रट तय भएको थियो, ्रत्यो कचहरी । त्यहां जाने अतिथिहरुलाइ जानकारी थिएन, स्वागत गर्ने उद्योग अधिकारीह्ररुलाइ पनि जानकारी थिएन, अनि कसले के अभिव्यक्ति दिने पनि पुर्व तयारी विनै सनीवार विहान दुधरास्रस्थ्रीत सोनापुर सिमे्रन्टमा एउटा ‘सव्र्रपक्षिय जक्सन’को अवसर जुयो्र्र । सायद यस्तो सौहार्द जक्सन उद्योग स्रन्चालन भएपछिकै पहिलो हो । वहशको विषय थियो, औद्योगिक प्रदुषण संगै पानी पनि जोडिएको थियो ।
सनीवार विहान करीव ८ बजेको थियो, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल जिल्ला अनुसन्धान कार्यालयका प्रमुख सहित सोनापुर सिमेन्ट उद्योग छिरे । त्यसवेला उद्योगका सिइओ हरी पाटक व्याडमिण्टन खेलीरहेका थिए, आवास क्षेत्रमा । लगत्तै वडाध्यक्ष, तुलसीपुर उद्योग वाणिज्य संघका प्रतिनिधि तथा पार्टि प्रतिनिधि सहित तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे पनि उद्योग परीषरमै । संगसंगै पुगेका थिए, उद्योग प्रभावित बस्तीका स्थानियबासी र स्थानिय जनकल्याण माविका व्यवस्थापन समिति अध्यक्ष देवराज विश्वकर्मा सहित सरोकारवालाहरुको टिम । विभिन्न समयमा द्धिपक्षिय वार्ता र छलफल पटक पटक भए, तर जनप्रतिनिधि सहित जिल्ला प्रशासन प्रमुख र स्थानियबासीहरुको संभवतः पहिलो स्रंयोग थियो यो । सरप्राइजिङ भेन्युमा स्पेशल टपिक्स थियो, पोलुशन । घना बस्तीबीच उद्योग सन्चालन भएसंगै स्थानियले वातावरण र जनश्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको आरोप लगाउंदै पटकपटक प्रशासन धाउने प्रबृत्तिको अन्तकालागी यसपटक जनप्रतिनिधि पनि उद्योग पुगेर स्थानियका गुनासा सुने । उद्योगका बाध्यता, विवशता सन्चालकले सुनाए । उद्योगले प्रदुषण बढाएको भन्दै वातावरण प्रदुषण न्युनिकरणमा उद्योग नलागेको स्थानियबासीले सुनाए ।
‘हामीले दोष पनि पाएका छौं, किनकि हामीले उद्योग सन्चालनकालागी जमिन दियौं, उद्योग सन्चालन हुंदा हाम्रो जुन अपेक्षा थियो, तर त्यो उद्योगका तर्फबाट संबोधन भएन’—उद्योग प्रभावित स्थानियबासी डिल्ली डांगीको अभिव्यक्ति थियो । यस संगै डांगीले थपे, राज्यको निति र मापदण्ड अनुरुप उद्योग सन्चालन होस्, हामी उद्योग विरोधी होइनौं, तर मानव श्वास्थ्यजस्तो समवेदनशिल विषयमा खेलवाड नहोस् । ‘हिंजोका दिन विर्शिएर अव कसरी जाने भन्ने तर्फ लाग्न म उद्योग सन्चालक, जनप्रतिनिधि र स्थानिय प्रशासनलाइ आग्रह गर्दछु’, डांगीले भने ।

त्यसै छलफलमा सहभागि स्थानिय शिक्षक युवराज डांगीले पनि उद्योगले अपेक्षा अनुरुप प्रदुषण न्युनिकरणमा ध्यान नदिएको अभिव्यक्ति दिए । ‘उद्योगले प्रदुषण न्युनिकरण मेसिन जडान गरेको सुनिन्छ, तर त्यो कसरी सन्चालन भैरहेको छ, त्यसलाइ पारदर्शि बनाइदिनुपर्यो’—डांगीको आग्रह थियो । उद्योगमा प्रदुषण मापन र न्युनिकरण मेकानिज्म हुंदा पनि नर्मस अनुरुप सन्चालनमा आउन नसकेको उनको अभिव्यक्ति थियो ।
त्यसै गेट टुगेदर कार्यक्रममा वेलझुण्डि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष प्रदिप गौतमले सोनापुर सिमेन्ट उद्योगको खानी क्षेत्रमा पुग्ने बाटो बनाउंदा खानेपानीको मुहानभरी लेदो माटो वगेको भन्दै त्यसलाइ रोक्न माग राखे । ‘पटक पटक उद्योगका सन्चालक र सरोकारवाला निकायका प्रतिनिधिहरु समेत स्थलगत अनुगमनमा गयौं, धमिला पानीका वोतल बोकेर जिल्ला प्रशासन कार्यालय गुहा¥र्यौ, तर हामीले स्वच्छ पानीको अधिकार पनि पाएनौं, हामी संविधान प्रदत्त अधिकारबाट समेत बन्चित भएका छौं’—खानेपानी अध्यक्ष गौतमले भने । उद्योग वन्द गर्नुपर्ने आफुहरुको माग कहिल्यै नहुने भन्दै खानी क्षेत्र सडक पु¥याउंदा मुहानमा भएको क्षति न्युन गर्न उद्योगले सामाजिक उत्तरदायित्व अनुरुप केहि सहयोगको अपेक्षा राखेपनि पुरा हुन नसकेको अभिव्यक्ति थियो गौतमको ।

स्थानियबासी कृष्ण वहादुर डांगीले पनि उद्योगबाट धेरै अपेक्षा गरेनन् । ‘आज जस्तै सधै भैदिए हुन्थ्यो, किनकि आज तपाइहरु आउने खवरले उद्योग नगन्य प्रदुषणमा सन्चालन भैरहेको छ, फ्याक्ट्रि र स्थानियबासीबीचको समन्वय विना उद्योग सन्चालन हुंदा दुवैलाइ गाह्रो हुंदो रहेछ ।’
डाँगीले गुनासो पोखीसकेपछि उद्योगका सिइओ हरी पाठकको जवाफ थियो, आज दुइ÷तीन वटा युनिट चलेका छैनन्, किनकि लमहीबाट लोडसेडिङ भएको छ , बत्ति आएको भए सायद यो भन्दा बढि प्रदुषण हुने थियो, सिडिओसाप र जनप्रतिनिधिलाइ न्युन प्रदुषण देखाउन होइन ।’ उनले उद्योगले स्थानियसंग पटक पटक समन्वय गरीरहेको अवस्थामा पनि कहिकतै दुरी बढ्ने काम भैरहेको गुनासो सुनाए । ‘हामी नेपाल सरकारको उद्योग निति अनुरुप सन्चालित हुन अभ्यस्त छौं, त्यसैकालागी जनगुनासो पछि अत्याधुनिक धुलो न्युनिकरण यन्त्र पनि सन्चालनमा ल्याएका छौं’, पाठकले भने, तर विद्युत गडवडिका कारण कहिलेकाहिं समस्या आउंछ । उनको अभिव्यक्ति अनुसार कम्पनीले धुलो प्रदुषण न्युन गर्न जडान गरेको सेन्सेटिभ मेसिनले विद्युत भोल्टेज हाइ÷लो भएको समयमा पुरा काम गर्दैन । जेनेरेटरबाट मेसिन चलाएकावेला त झनै कठिन छ । विद्युत लो भोल्टेज आएको अवस्थामा सक्सन पम्पलेनै आवस्यक मात्रामा धुलो तान्दैन, त्यसैले पनि समस्या बल्झिइरहेको बताइएको छ । त्यसैले उद्योगलाइ नेपाल सरकारको उद्योग निति अनुरुप नियमित विद्युत सेवा उपलव्ध गराइदिन पनि उनले आग्रह गरे । साथै धुलो न्युनिकरणकालागी कारखाना प्रवेश क्षेत्र वरपरको सडकमा व्लायाकटप गर्न पनि उद्योगले अन्तिम तयारी गरीरहेको बताए, तर यसमा पनि समस्या विद्युतकै छ ।

कति गाह्रो विद्युत ! स्कुलको जग्गा छोएर ल्याउंदा स्कुलको जग्गामै जथाभावी पोल गाडिए । पछि जनप्रतिनिधिहरुसमेतको रोहवरमा स्थलगत अनुगमन भएपछि ठेकेदारले पोल हटाएर छेउबाट गाड्न सुरु गरेको छ । धेरै पटकको वार्ता र सम्वादपछि मात्र विद्युत पोलगाड्ने समस्या समाधानतर्फ मोडिएको छ । त्यसमा वडाध्यक्ष लगायत तुलसीपुरका मेयर घनश्याम पाण्डेले पनि निरन्तर पहल गरीरहेका छन् । स्कुलको इन्जिनियरीङ कलेज निर्माणस्थल पुग्न खोलिएको सडकलाइ कम्तिमा ८ मिटर चौडा गरेर मानविय क्षतिलाइ न्युन गर्नेगरी पोल तान्ने काम सुरु भएको स्कुल व्यवस्थापन समितिका अध्यक्ष देवराज विश्वकर्माले बताए । संभवतः बैसाखभित्रै हापुरेको ३३ सय केभि विद्युत घोराही—तुलसीपुर लाइनमा समेत जोडिने छ । त्यसपछि मात्रै दाङ लोडसेडिङमुक्त हुने विद्युत अधिकारीहरुले बताएका छन् ।

प्रोएक्टिभ हुन उद्योगलाइ आग्रह
यसैबीच स्थानिय प्रशासन र स्थानिय सरकारका प्रतिनिधिले वातावरणिय प्रदुषण न्युनिकरणका सवालमा विशेषगरी उद्योग पक्ष बढि सक्रिय हुन सुझाव दिए । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल भन्छन्—‘मानव श्वास्थ्य र वातावरणिय प्रदुषणको विषय अत्यन्तै गम्भीर अवस्था हो, त्यसमा उद्योग व्यवस्थापन प्रोएक्टिभ भइदिनै पर्दछ ।’ यो विषयमा अव स्थानिय तह र स्थानिय प्रशासनले नियमित अनुगमन गर्ने पनि प्रमुख जिल्ला अधिकारी रिजालले सुझाए ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जनस्वास्थ्य र वातावरणका विषयमा कुनैपनि संझौता नहुने बताए । ‘सम्वादले वा उच्चतम प्रविधिले शंका निवारण हुन सक्छ, त्यसैले सक्सन पम्पको विषयमा देखिएको आशंका सवैभन्दा पहिले निवारण गरौं’, नगरप्रमुख पाण्डेले उद्योग सन्चालकलाइ आग्रह गरे । पहिले शाशकहरुलाइ मात्र रिझाएर उद्योग चलाउने परीपाटि भएपनि त्यो अहिले लागुहुन नसक्ने पनि उनको अभिव्यक्ति थियो । ‘अहिले उद्योगको पनि लोकतान्त्रिकरण भएको छ, त्यसैले सवै जनतालाइ चित्त बुझाएर मात्रै उद्योग सन्चालन सम्भव हुने छ’, नगरप्रमुख पाण्डेले भने, आवस्यक परे प्रदुषण न्युनिकरणको नियमित अनुगमनको संयन्त्र बनाउने छौं ।’

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस