नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, कुल ५८४ पुग्यो

जेठ १०, २०७७  |  १६२ पटक पढिएको  |   साक्षी खबर

१० जेठ, काठमाडौं / पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ५८४ पुगेको छ ।

सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएका हुन् ।

बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस