४१ थान सालको अवैध काठ सहित एक जना पक्राउ

जेठ १०, २०७७  |  १८५ पटक पढिएको  |   साक्षी खबर

१० जेठ, दाङ / वन गस्ती टोलिले पश्चिम दाङबाट सालको अवैध ४१ थान काठ सहित एक जना पक्राउ गरेको छ । डिभिजन वन कार्यालय दाङ र दंगीशरण सव डिभिजन वन कार्यालयबाट गएको संयुक्त वन गस्तिले विभिन्न नाप साईजको सालको चिरान काठ ४१ थान सहित सो घटनामा संलग्न रहेको आशंकामा शाान्तिनगर गाउँपालिका वडा नं १ बाट सोही ठाउँका ६० वर्षका दिल बहादुर थापालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिम बहादुर केसीले जानकारी दिए ।

बरामद गरिएको काठ र पक्राउ गरिएका थापालाई डिभिजन वन कार्यालय दाङमा ल्याईएको छ । कटान भएको काठ सुन्दर सामुदायिक वनको भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको दंगीशरण सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत दयाराम पौडेलले जानकारी दिए । बराबर गरिएको काठ करिव ५० क्यू फिट छ । त्यस कार्यमा सम्बन्धित सुन्दर सामुदायिक वन उपभोक्ता समूहका कार्य समिति सँग पनि आवश्य जाँचबुझ भईरहेकोले सत्य तथ्य पत्ता लगाई नियमानुसार कार्बाहि गरिने डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिए ।

लकडाउनको दुई महिनाको अवधिमा विभिन्न एक दर्जन घटनामा सयौं क्यू फिट काठ बरामद गरिएको छ । काठ तस्करी र वन्यजन्तु चोरी शिकारी संलग्न रहेको अभियोगमा दुई दर्जन बढिलाई कारवाहीको प्रक्रियामा रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार