‘देश बेच्न लाईनमा छन दलालहरु’ : ‘गजल’

जेठ ०९, २०७७  |  २९०७ पटक पढिएको  |   साक्षी खबर

कि यिनिमा गिद्दि भरिदिए हुन्थ्यो,
कि त सबै खाली गरिदिए हुन्थ्यो ।।

कम्तिमा देशद्रोहको बाटो छाडि,
सद्भावमा मन झरिदिए हुन्थ्यो ।।

देश बेच्न लाईनमा छन दलालहरु,
अत्ति हुँदैछ यमुना तरिदिए हुन्थ्यो ।।

फरक आकाश हुँदैछ भाइ भाईमा,
सबैमा शितल श्वास छरिदिए हुन्थ्यो ।।

बैरी सङ्ग पो हो त छाती फुलाउनु,
आफ्ना सित प्रेमले डरिदिए हुन्थ्यो ।।

अलख निरन्जन लोहार
टीकापुर, कैलाली
हालः भारत
०८ जेष्ठ २०७५

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार