गाउँपालिकाद्वारा १० बेडको आइसुलेशन सेन्टर सञ्चालन

जेठ ०८, २०७७  |  ३९० पटक पढिएको  |   साक्षी खबर

– निराश पाण्डे
८ जेठ, शान्तिनगर / शान्तिनगर गाउँपालिकाले वडा नम्बर दुईको जनकल्याण माध्यमिक विद्यालय सिमसुन्दरपुरमा १० बेडको आइसुलेसन सेन्टर आज देखि सञ्चालनमा ल्याएको छ ।

नेपालमा पनि दिनानुदिन कोरोना संक्रमितहरु देखा परेको हुनाले त्यसको रोकथाम र नियन्त्रणका लागि आइसुलेशन सेन्टर सञ्चालनमा ल्याइएको शान्तिनगर स्वास्थ्य संयोजक हरि पुनले जनाएका छन् ।

साथै गाउँपालिकाले सात वटै वडाहरुमा २० बेडको क्वारेन्टाइन पनि सञ्चालनमा ल्याउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार