सन्तोष, अञ्जु र प्रमोदको ‘तिम्रो मेरो दिलको बास’ (गित)

जेठ ०८, २०७७  |  १३० पटक पढिएको  |   साक्षी खबर

जेठ ८ गते काठमाडौं ।

संगीतकार सन्तोष श्रेष्ठले पछिल्लो पटक ‘तिम्रो मेरो दिलको बास’ बोलको आधुनिक गीत रिलिज गरेका छन् ।

संगीतकार श्रेष्ठले बुधबार युट्युबमार्फत उक्त गीत रिलिज गरेका हुन् । गीतमा चर्चित गायक प्रमोद खरेल र गायिका अञ्जु पन्तको स्वर रहेको छ । गीतमा शब्द पनि श्रेष्ठ आफैले लेखेका हुन् ।

लकडाउनले कलाकारहरूलाई समस्या बनाइरहेका बेला संगीतकार श्रेष्ठले युट्युबबाट गीत रिलिज गरेका हुन् । उनले भने, ‘कोरोना भाइरस र लकडानले सबैलाई समस्या बनाएको छ । यस्तो बेला पनि गीतलाई यत्तिकै राख्नुभन्दा युट्युबबाट रिलिज गरौँ भनेर सार्वजनिक गरेका छौँ ।’

सयौँ गीतमा संगीत भरेका श्रेष्ठले अञ्जु पन्त र प्रमोद खरेललाई लिएर गीत बनाएका हुन् । उनि दङ्गाली स्रस्टा हुन ।

(गित)

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार