‘झर्छ मान्छे हदै तल झर्छ धनका लागि’ – ‘गजल’

जेठ ०८, २०७७  |  ८६५ पटक पढिएको  |   साक्षी खबर

झर्छ मान्छे हदै तल झर्छ धनका लागि,
मार्छ अनि स्वयं मर्छ यौवनका लागि ।।

नक्सामा मात्रै टाँसेर कहाँ हुन्छ नेताज्यु,
यो छातिभित्र टाँस्नुपर्छ जतनका लागि ।।

यसकारण यो राजनीतिक नाटक लाग्छ,
नेताहरु तयार हुन्छन् मञ्थनका लागि ।।

तिमीसँग होला सोफासेट भव्य महलमा
मेरो पिँढिमा छ सुकुल मान्यजनका लागि ।।

जब एक देशभक्त योद्धा उत्रिन्छ सिमामा
सम्झनुस् अब तयार छ कफनका लागि ।।

सम्भव भए, म त करोडौ तिर्न तयार छु,
अरु को को हुनुहुन्छ तिर्न बच्पनका लागि ।।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार