राप्तीमा कोरोनाबाट बच्न संकट व्यवस्थापन समितिको निर्णय मान्न सबैमा अनुरोध

जेठ ०७, २०७७  |  १३४ पटक पढिएको  |   साक्षी खबर

– तिर्थराज ज्ञवाली
७ जेठ, मसुरीया (देउखुरी दाङ) । दाङ जिल्लाको राप्ती गाउँपालिकाले आफ्ना नागरिकहरुलाई पछिल्लो संकट व्यवस्थापन समितिको निर्णय लागु गर्न अनुरोध गरेको छ । जेष्ठको ७ गते सम्म आईपुग्दा कोरनाको भयावह अवस्थाबाट सुरक्षित रहन सबै नागरिकले महत्वपुर्ण भूमिका खेलेकोमा धन्यवाद दिदै थप सर्तकता अपनाउनका लागि अनुरोध गरेको हो ।

राप्ती गाउँपालिकाका नागरिकलाई बन्दाबन्दीको समयमा अनावश्यक रुपमा घर बाहिर ननिस्कन अनुरोध गरिएको छ । कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्न गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक अन्य सेवा हाललाई बन्द गरिएकोले अत्यावश्यक कामको लागि गाउँपालिकाको कार्यालय वा वडा अध्यक्षहरुसंग समन्वय गर्नहुन समेत अनुरोध गरिएको प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी दिएका छन् ।

पछिल्लो समयमा गाउँपालिकाबाट हाल कुनै पनि सवारी पास उपलब्ध नगराईकोले नागरिकले गाउँपालिका सम्म आउन कष्ट नगर्न र वडा स्तरमा भईरहेका सार्वजनिक तथा व्यक्तिगत निर्माणका कार्यमा बढिमा १० जना सम्म जनशक्ति मार्फत स्वास्थ्य मापदण्ड पुरा गरी कार्य गर्नुपर्ने साथै एक वडाबाट अर्को वडामा श्रमिकहरु ओसार पसार गरि सार्वजनिक तथा व्यक्तिगत निर्माण कार्य बन्देज गरिएकोे गाउँपालिकाले निर्णय गरेको समेत प्रवक्ता विद्याशरण चौधरीले बताएका छन् ।

लकडाउनका कारण संघ संस्था, प्रदेश तथा स्थानीय तहबाट प्राप्त हुने श्रोतको सुनिश्चितता नभएकोले हाललाई नयाँ सम्झौत समेत बन्द गरिएको र लकडाउन अवधिमा वडा समितिसंग अनुमति नलिई वा अनावस्यक रुपमा टोल टोलमा बाटो बन्द गर्ने कार्य गर्न मनाहि गरिएको साथै स्थानीय तरकारी, एम्वुलेन्स, दुध बोक्ने सवारी, कार्यालयमा आवत जावत गर्ने कर्मचारीको सवारी साधनलाई सबैले सहजीकरण गरिदिन सबैमा गाउँपालिलकाले अनुरोध गरेको छ ।

कोरोनाबाट डराउने होईन धैर्य, सचेत र जिम्मेवारी बनौं, भारत तथा राप्ती गाउँपालिका बाहिरबाट आएकाहरु अनिवार्य रुपमा क्वारेन्टाईनमा बसौ भन्ने आह्वानका साथ लकडाउनको अवधिमा कालोबजारी, मुल्यवृद्धि तथा कृत्रिम अभाव सिर्जना गरेको पाईएमा कानुन अनुसार कारवाही गरिने र राप्ती क्षेत्रका बजारहरु जिल्ला प्रशासन कार्यालय र राप्ती गाउँपालिकाको निर्णय अनुसार आईतवार मंगलवार र शुक्रवार खोलिने भएको हुँदा सामाजिक दुरी कायम गरि सुरक्षित रहि सामान खरिद विक्रि गर्न समेत गाउँपालिकाले अनुरोध गरेको प्रवक्ता विद्याशरण चौधरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार