छर्कियो आयुर्वेद चिकित्सालय विजौरीमा किटनाशक औषधी

जेठ ०७, २०७७  |  २८० पटक पढिएको  |   साक्षी खबर

६ गते, विजौरी
दाङको प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीले प्रादेशिक आयूर्वेद चिकित्सालय विजौरीले अस्पतालको परिसरमा किटनाशक औषधी (डिसिङ्फेक्टीङ) छर्केको वताएका छन । ओपिडि तथा इन्डोर आउटडोर जहाँ मानिसको वढि संक्रमणको जोखिम देखिन्छ, आवज जावत हुन्छ त्यहाँ किटनाशक औषधी छर्किएको वताए ।
यसैविच दाङको वेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालका कोरोनाका विरामीहरुलाइ स्वास्थ्य वर्दक जडिबुटिहरु वितरण गरेको छ ।

चिकित्सालयका निमित्त निर्देशक रामकामेश्वर ठाकुरले सोमवारै कोरोना अस्पतालमा पुगेर विरामीहरुलाइ रोग प्रतिरोधात्मक औषधिहरु समेत उपलव्ध गराएका छन् ।
‘हाम्रो अभियान भनेको विरामीहरुलाइ रोग प्रतिरोधात्मक क्षमता बढाउने मात्रै हो, त्यसकालागी नियमित औषधिसंगै शारीरिक व्यामयमा काम पनि सुरु गर्दै छौं’—डा ठाकुरले भने । प्रादेशिक चिकित्सालयले विरामीहरुलाइ रोग प्रतिरोधात्मक च्यावनप्रास, एष्टमधु, लहरे गुर्जो, अश्वगन्धा, त्रिकट्टो लगायतका सामाग्रिहरु समेत विरामीहरुलाइ उपलव्ध गराएको छ ।

त्यसै गरि आयूर्वे अस्पतालले दाङका अन्य स्थानिय तहमा पनि रोग प्रतिरोधात्मक औषधिहरु वितरण गरेको डा.ठाकुरले वताएका छन् । सुरुक्षाकर्मी, स्वाथ्यकर्मी एबम् कोरोना विशेष अस्पतालमा काम गर्ने कर्मचारीहरुलाई पनि रोग प्रतिरोधात्मक औषधिहरु वितरण गरिएको डा. ठाकुरले वताए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार