दंगीशरणको क्वारेन्टाईनमा रहेका ८ जनाको रिपोर्ट नेगेटिभ

जेठ ०७, २०७७  |  ११४ पटक पढिएको  |   साक्षी खबर

– दिप्तीशिखा चौधरी
७ जेठ, दंगीशरण । दंगीशरण गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर प्रविधिबाट कोरोना परिक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकारी दिए । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि सबैजनालाई घर पर्काइएको छ ।

यस्तै दंगीशरण गाउँपालिकाको क्वारेन्टाईनमा आज बुधबार दुई जनालाई राखिएको छ । दंगीशरण ६ थपगाउँ की २६ वर्षीय एक महिला र ३२ वर्षका एक पुरुषलाई क्वारेन्टाईनमा राखिएको हो । उनीहरु राप्ती सोनारी गाउँपालिकाबाट आएको थाहा पाएपछि क्वारेन्टाईनमा राखिएको हो ।

यसैबिच अहिले गाउँपालिकाको विरेन्द्र मा.वि. हेकुलीमा रहेको क्वारेन्टाईनमा २५ बेडको क्वारेन्टाईन निर्माण गरिएको छ । कुनै पनि समयमा गाउँपालिकामा बाहिरबाट आउने मानिसहरुको संख्या बढ्न सक्ने भन्दै दुई वटा बेड थप गरि २५ बेडको क्वारेन्टाईन बनाईएको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार