चलचित्र पत्रकारीता दिवस एवम् संघको २१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

जेठ ०७, २०७७  |  ५१६ पटक पढिएको  |   साक्षी खबर

– पूर्ण के.सी.
७ जेठ, दाङ / चलचित्र पत्रकार संघ नेपाल जिल्ला शाखा दाङले आज चलचित्र पत्रकारीता दिवस एवम् संघको २१ औं स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनाएको छ ।

लकडाउन र कोरोना महामारीमा यो संकटको घडिमा रगतको अभाव हुन नदिन सामाजिक दुरी कायम गर्दै संघको आयोजनामा आज तुलसीपुरको ब्लड बैंकमा संघका पदाधिकारी, पत्रकार तथा तुलसीपुरकै अर्को सक्रिय ग्रुप दार्ही ग्याङका सदस्यहरु गरी १८ जनाको सहभागीता रहेको थियो ।

रक्तदान गर्नेहरुमा चलचित्र पत्रकार संघ नेपाल दाङका सदस्यहरु राजेश खत्री, भुपेस वलि, संघका सल्लाहकार चेतन रेग्मी रहेका थिए । यस्तै पत्रकार तर्फ रक्तदान गर्नेमा अन्जना चौधरी, झग्गु भण्डारी, एच.आर.मगर रहेका थिए । उक्त कार्यक्रममा त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, व्यवसायी राजेन्द्र महतरा, ढुन्डीराज ओली, निर्मल खड्का, शान्ति जि.एमले पनि चलचित्र पत्रकार संघको अगुवाईमा रक्तदान गरेका थिए ।

यस्तै दार्ही ग्याङबाट प्रवेश भुषाल, विनायक रेग्मी, प्रकाश डाँगी, निर्मल खड्का, प्रबिन रिजाल, सुमन रिजाल, विवेक वलि, विकास कुसारी लगायतका रहेका थिए । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष शिव पुनले रक्तदान गर्ने सबैलाई धन्यवादका साथ प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव पूर्ण के.सी. मुस्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार