किन निकालिए कोरोना अस्पताल प्रशासन प्रमुख?

जेठ ०६, २०७७  |  १७५५५ पटक पढिएको  |   साक्षी खबर

– साक्षी खबर
६ जेठ, बेलझुण्डी / कोरोना विशेष अस्पतालका व्यवस्थापन उपसमितिका प्रमुख तथा केन्द्रिय आयुर्वेद विद्यापीठका प्राचार्य डा. सुनिल कुमारलाई निष्काशन गरिएको छ । अस्पताल व्यवस्थापन समितिका सदस्य सचिवसँग केही विषयमा विवाद भएपछि उनलाई बताइएको छ ।

बर्दियाबाट कोरोना संक्रमितलाई बेलझुण्डी नल्याउन सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यममा दबाव भएको भोलिपल्टै बेलझुण्डीमा आएका मुख्यमन्त्रीको अनुगमनका क्रममा प्राचार्यको कार्यकक्ष समेत अस्पतालका लागि उपभोग गर्ने बनाइएपछि असन्तुष्ट प्राचार्य सुनिल कुमारलाई निष्काशन गरिएको हो ।

यस अघि बेलझुण्डी कोरोना अस्पताल सय बेडको भनिएपनि यथार्थमा १०० बेड नभएपछि मुख्यमन्त्री शंकर पोख्रेलले तत्काल कम्तिमा एक सय बेडको अस्पताल बनाउन निर्देशन दिएका थिए ।

हटाउनुअघि डा सर्वेशले, ‘डा. सनिललाई तपाई अब बुढो हुनुभो, रेष्ट गर्नुस् भनेका थिए’, त्यसको भोलिपल्ट निष्काशन गरेको पत्र थमाए । डा. सनिलले आफुलाई हटाइएको विषयमा केही बोल्न चाहेनन् ।

मुख्यमन्त्रीको निर्देशन पछि अस्पताल व्यवस्थापनका सदस्य सचिव डा सर्वेश शर्माले प्राचार्यको कक्ष खाली गर्न माग गरेका थिए । तर प्राचार्यले आफ्नो कार्यकक्ष र कार्यालय तत्काल हटाउन असहज हुने भनेपछि उनलाई प्रशासन प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो । हटाउनुअघि डा सर्वेशले, ‘डा. सनिललाई तपाई अब बुढो हुनुभो, रेष्ट गर्नुस् भनेका थिए’, त्यसको भोलिपल्ट निष्काशन गरेको पत्र थमाए ।

डा. सनिलले आफुलाई हटाइएको विषयमा केही बोल्न चाहेनन् । ‘यो विषयमा धेरै नबोलौं, मैले यो विषम परिस्थितिमा पनि जिम्मेवारी निर्वाह गर्दै थिएं, तर अचानक धन्यवाद सहितको निष्काशनको पत्र आयो, जुन पत्रमा डा सर्वेशले हस्ताक्षर गरेका छन्’— डा सुनिलले भने । एउटा शिक्षण अस्पतालको प्राचार्यका रुपले काम गरिरहंदा धेरै कागजपत्र कार्यालयमा छन्, यी कागजपत्र अन्यत्र लैजाने अवस्था थिएन, मेरो समस्या भनेको त्यहि मात्र थियो’— डा. सुनिलले भने । यद्यपि उनलाई सदस्य सचिव शर्माले हस्ताक्षर गरेको निष्काशन पत्रमा स–धन्यवाद तपाइलाई बिदाई गरिएको उल्लेख छ ।

डा. सुनिल कुमारलाइ थमाइएको पत्रमा सह धन्यवाद अवकाश दिइएको उल्लेख गरिएपनि खासमा विश्वविद्यालयको आयुर्वेद अध्ययन संस्थानको मेडिकल कलेजको प्राचार्यकक्ष समेत खाली गर्न भनिएपछि आवेशमा आएर हटाइएको बताइएको छ ।

अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव डा सर्वेश शर्माले भने बुढो भएकाले हटाइएको बताए । पहिले संक्रमितहरु थिएनन्, तर अहिले संक्रमितहरु नै बढेपछि जेष्ठ नागरिकलाई सम्मान गर्दै उनलाई रेष्ट गर्न पठाइएको हो’—सदस्य सचिव शर्माले भने । डा. सुनिल कुमारलाइ थमाइएको पत्रमा सह धन्यवाद अवकाश दिइएको उल्लेख गरिएपनि खासमा विश्वविद्यालयको आयुर्वेद अध्ययन संस्थानको मेडिकल कलेजको प्राचार्यकक्ष समेत खाली गर्न भनिएपछि आवेशमा आएर हटाइएको बताइएको छ ।

मुलुक विषम परिस्थितिमा रहेको अवस्थामा बेलझुण्डीको आयुर्वेद अध्ययन संस्थानको शिक्षण अस्पताललाइ प्रदेश सरकारले कोरोना विशेष अस्पताल बनाइएको थियो । हालसम्म म्यादी अस्पतालका रुपमा रहेको सो अस्पतालमा कुनैपनि उपकरण र आवश्यक भौतिक पुर्वाधार निर्माण गरिएको छैन । यद्यपि एउटा चेष्ट एक्सरे गर्ने समेत विशेष अस्पतालमा व्यवस्था छैन । तीन दिन अघिको बैठकले अस्पताललाई शववाहन खरीद गर्ने निर्णय गरेपनि त्यसमा पनि आर्थिक चलखेल लुकेको छ । यहिकै एउटा संस्थाको एम्वुलेन्सलाई शववाहन बनाउने प्रस्ताव समेत कोरोना विशेष अस्पताल व्यवस्थापन समितिमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार