२०७९ माघ १३, शुक्रबार

मलैखोला ठाँटीमा एकिकृत घुम्ती शिवीर, स्थानीय खुसी

चैत्र १५, २०७५  | ११०७ पटक पढिएको

– दिप्तीशिखा चौधरी
१५ चैत्र, दंगीशरण / दंगीशरण वडा नं. १ फुर्केसल्लीकी ८५ वर्षिय पञ्चकली बि.क दंगीशरण गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिवीरमा एक घण्टा हिडेर लौरोको सहारामा मलैखोला ठाटी स्थित प्राथमिक विद्यालयमा आईन् । भूँईमा थचक्क बस्दै भनिन— “ए नानी म थाईगे, मात्थी हेकुली जचाउन जानु भन्दा शिविर आया बेला जचाँम भनीन आईहुँ हि आउँदा पनि मस्तै हर्न पर्यो ।” पेट दुख्ने हाड जोर्नी दुख्ने समस्याले ग्रसीत बि.क.चेकजाचँ पछि औषधि लीएर खुसी भएर घर फर्किईन् ।

शिवीरमा बुढेसकालले छोईसकेका धेरै मध्य ५९ वर्षका चन्द्र कुमार वि.क, वडा न. १ कालीतरा निवासी ७५ बर्षका मोती भण्डारी, मान बहादुर खत्री जस्ता हजारो शिवीरमा चेकजाचँका लागि आएका थिए । उनीहरुको एउटै भनाई थियो “गाउँगाउँमा स्वास्थ्य जाचँ गराईदिन्छम भन्थे नेताले गराईदिया खुसी लाछ ।” शिवीरमा साना बालक देखी बृद्धहरुले चेकजाचँ गराएका थिए । स्वास्थ्य जाचँ गराउँने नागरीकहरुको एकदमै भिडभाड थियो ।

शिवीरमा नागरीक्ता बनाउँन र जेष्ठ नागरीक परिचय पत्र लिन आउँनेको पनि उत्तीकै भिडभाड देखिन्थ्योँ । ९० वर्ष काटीसकेका हिरामणी बुढा झरीसकेका दात देखाएर फिस्स हाँस्दै भने “नागरीत्ता लिन आछु बाबु कालीतरा बाट एह घण्टा हर्दै आया नागरीत्ता दिन्छ भनीगिन । खुसी लाछ पर गाउँपालिका जान भन्दा तिन्टा गाउँ नागीन जान भन्दा यई सजील भयाछ ।” उनको बोली अस्पष्ट थियो । कृषि फाँटमा भेटिएकी ७१ वर्षिय अमृत घर्ती बोडी लौकाको बिउँ लिएर फर्किदै थिए उनको फोटो खिचिदिए पछि उनी नजिक आएर भने– “जेठ माश हरियो तरकारी खाईएला यो साल ।” स्वास्थ्य, पशु, कृषि र सामाजिक शुरक्षाको एकिकृत घुम्ती शिवीरमा आएका सबै नागरिकहरु खुसी देखिन्थे । शिविरमा आएका सबै नागरिकहरुको एउटै भनाई थियो– “चुनावमा भोट माग्दा दिएको वाचा पूरा हुँदैछ । हामीले माग गर्याथिम पुग्याछ अब बिस्तारै सबै सेवा सुबिधा गाउँपालिकाले हामीलाई दिनुपर्छ ।” दंगीशरण गाउँपालिकाले वडा न. १ मलै स्थित प्राथमिक बिद्यालयमा एकिकृत घुम्ती शिवीरमा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी र उपाध्यक्ष पिमा कुमारी खड्काले दुई जना महिलाहरुलाई नागरिकता दिएर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

शिवीरमा डाक्टर रवीन गौतमले बिरामीहरुको चेकजाँच गरेका थिए । स्वास्थ्य शाखाका प्रमूख विष्णु क्षेत्रीको नेतृत्वमा स्वास्थ्य शाखाका उपप्रमूख नेव बहादुर के.सी. ईलाका स्वास्थ्य चौकिकी अनमी सम्पूर्णा चौधरीको टोली खटीएको थियो । शिविरमा ४७ जना महिला र ३८ जना पूरुष गरि ८५ जना बिरामीले चेकजाँच गराएका थिए । बिरामीहरुमा हाड जोर्नी खिईएको, नसा सुन्नीएको छाती दुख्ने बढि देखिएको थियो भने ग्यास्टिक, दम, पिसाबमा खराबी, नाक, कान, घाटि, तल्लो पेट दुख्ने जस्ता बिरामी भेटिएका थिए । बिरामीहरुको रोग अनुसार शिविरमा औषधि वितरण गरिएको थियो । यस्तै शिविरमा १७ जना महिला र ४ जना पुरुष गरि जम्मा २१ जना नागरिकता बनाएका थिए भने २ जनालाई जन्मदर्ता प्रमाण पत्र, ६ जनालाई विवाह दर्ता प्रमाण पत्र वितरण गरिएको थियो । यस्तै १६ जना पुरुष र १२ जना महिला गरि जम्मा २८ जनालाई जेष्ठ नागरिक परिचय पत्र वितरण गरिएको थियो ।

सामाजिक शुरक्षा ईकाईकी पवित्रा भण्डारीको नेतृत्वमा टोली खटिएको थियो । यसैबिच कृषी शाखाकी यौगमाया कवँरको नेतृत्वमा खटिएको टोलीको केषी तर्फको शिवीमा कृषि तर्फ १ सय जनालाई लौका,काक्रा, करेला ,कोडी र भिण्डी तरकारीको बिउँ बिजन बितरण गरिएको थियो भने १० जना किसानले तरकारीमा लाग्ने रोग सम्बन्धि परामर्श लिएका थिए । शिविरमा पशु तर्फ बाख्रा, भैसीँ, कुखुरा, गोरु र कुकरमा देखिएका रोग सम्बन्धि औषधि वितरण गरिएको थियो । शिवीरमा ४ सय ४३ जनाले सेवा लिएका थिए । पशु शाखाका प्रमूख भरत देवकोटाको नेतृत्वमा टोली खटिएको थियो । दंगीशरण गाउँपालिकाको विकट क्षेत्रको रुपमा लिईने वडा न. १ मलैमा रहेको जनताहरुको समस्यालाई मध्यनजर गर्दै एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्षय भागिराम चौधरीले बताए । भोली वडा न. २ मा शिविर हुने अध्यक्ष चौधरीले जानकारी दिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस