विश्वमा कोरोना भाइरसबाट ३ लाख भन्दा बढीको मृत्यु, ४४ लाख सङ्क्रमित

जेठ ०२, २०७७  |  ११७ पटक पढिएको  |   साक्षी खबर

रासस/एनआई
२ जेठ, मेरिल्याण्ड / कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा मृत्यु हुने व्यक्तिको संख्या ३ लाख नाघेको छ । विश्वभरमा ४४ लाख २० हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

विश्वमा हालसम्म यस रोगबाट १५ लाख ८० व्यक्ति भने निको भएको छन् । विश्वमा ४४ लाख २६ हजार ९३७ कोरोना भाइरस संक्रमित रहेका र ३ लाख १३ हजार ३७० को भाइरस संक्रमणबाट मृत्यु भएको जोन हप्कीन्स विश्वविद्यालयको अद्यावधिक तथ्यांकमा खुलाइएको छ ।

कोरोना भाइरसको प्रकोप अमेरिकामा सबैभन्दा बढी देखिएको छ । अमेरिकामा बुधबारसम्म १४ लाख १३ हजार १२ जना कोभिड १९ को संक्रमित भएका छन् । यस संक्राणबाट भने ८५ हजार ५८१ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठन (डूब्लुएचओ)का आपतकालीन विभागका प्रमुख डा।माइक रायनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार