२०७९ माघ २६, बिहीबार

महिलाहरुका लागि ३ दिने व्यवसाय क्षमता अभिवृद्धि तालिम सुरु

चैत्र १५, २०७५  | १०८० पटक पढिएको

– यमकला भुसाल,
१५ चैत, तुलसीपुर / नेपाल महिला एकता समाज दाङको आयोजना तथा नेपाल महिला एकता समाज केन्द्रिय कार्यालयको सहयोगमा शुक्रवार देखि तुलसीपुरमा ३ दिने सिप विकासका लागी व्यवसाय क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । उक्त तालिमको शुक्रवार तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले एक कार्यक्रमका बिच पानसमा बत्ती बालेर उद्घाटन गरेकी हुन् ।

समाजकी जिल्ला अध्यक्ष यमुना परियारको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले पहिलेको तुलनामा अहिले महिलाहरु धेरै शिक्षित र बोल्न सक्ने भएको बताइन् । हिजो महिलालाई राज्यले पछाडी परेको थियो र हामी पछि परेका थियौँ, उनले भनिन्,– ‘तर अहिले पूर्ण रुपमा संविधान बनेको छ र कानुन पनि ।’ उनले महिलाका लागि कानुन बनाउन र बनेका कानुन कार्यान्यवन गर्न केन्द्र देखि स्थानीय तहहरुसम्म जुटेको बताइन् ।

यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाल एकता समाजकी केन्द्रीय कोषाध्यक्ष बिना बुदाचार्यले नेपाल एकता समाज विभिन्न ठाउँमा सुकुम्बासीमा बस्ने अधिकांश मानिसहरुको संस्था रहेको बताइन् ।

अशिक्षित, बेरोजगार, कुना कन्दरामा छरिएर रहेका, ऐलानी जग्गामा बसोबास गर्दे आएका सुकुम्बासी महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउने, समाजमा स्थापित जिवनयापन गर्नेका लागि भूमिहिन तथा आवासविहिन सुकुम्वासी महिलाहरुको क्षमता विकास गर्ने, उनीहरुले गरेका व्यवसायलाई कसरी बजार बजार व्यवस्थापन गर्ने, आयआर्जमा कसरी टेवा पुर्याउन सकिन्छ भन्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको बताइन् । साथै उनले महिला हिंसा तथा जवरजस्ती उठिवास अन्त्यको लागी विशेष रुपमा पहल गर्ने उद्देश्यले आफु लागीपरेको बताइन् ।

सो अवसरमा सहभागी नारायणी पाण्डे, पत्रकार अञ्जना चौधरी लगायतले बोलेकी थिइन् । ३ दिने तालिममा बाँके, बर्दिया, कपिलबस्तु, रुपन्देही र दाङ गरि ५ वटा जिल्लाका महिलाहरुको सहभागीता रहेको छ । कार्यक्रमको सहजीकरण नेपाल एकता समाजकी जिल्ला कोषाध्यक्ष अञ्जना पुनले गरेकी थिइन् । उक्त तालिमको प्रशिक्षकमा नेपाल एकता समाजकी कोषाध्यक्ष बिना बुदाचार्य र बिना श्रेष्ठ रहेकी छिन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस