२०७९ माघ १७, मंगलबार

दिगो विकास प्राप्तिका लागी सहकारीको अहम् भूमिका

चैत्र १५, २०७५  | १०१६ पटक पढिएको

– यमकला भुसाल
१५ चैत्र, तुलसीपुर / दिगो विकासका लागी सहकारी अहम् भूमिका रहेको एक कार्यक्रममा बोल्ने सहभागीले बताएका छन् । ६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत शुक्रवार तुलसीपुरमा भएको दिगो विकास लक्ष्य प्राप्तिका लागी सहकारी विषयक अन्तर मावी निबन्ध प्रतियोगीतामा बोल्ने सहभागीले सहकारीले दिगो विकासका लक्ष्यहरु सजलै प्राप्त गर्न सकिने बताएका हुन् । सहकारीले ऋण दिने भएकाले सहकारी प्रति कृषकहरु आकर्षित हुने गरेको उनीहरुको भनाई छ ।

जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुपबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला सहकारी सघका अध्यक्ष गोविन्द प्रसाद शर्माले सहकारीलाई वर्गिकरण गरि सेवामा गुणस्तरियता दिन आवश्यकता रहेको उनले बताए । साथै उनले बढ्दो शोषण रोक्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको समेत बताए ।

अन्तर मावि निबन्ध प्रतियोगीतामा जिल्लाका ८ विद्यालयका छात्र छात्राहरुले सहकारी प्रति आ–आफ्नो धारणा व्यक्त गरे । जसको निणायक मण्डलमा टकं गौतम,गुरुप्रसाद गौतम र शेषमणि रिजाल रहेका थिए ।

साताव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन शुक्रवार उक्त कार्यक्रम गरिएको हो । साथै ६२ औ राष्ट्रिय सहकारी दिवसका अवसरमा संघले २० गते सम्म विभिन्न ठाउँमा कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रमको सहजीकरण जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कार्यक्रम सञ्चालक दुर्गा प्रसाद भण्डारीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस