‘दुश्मनि बढे बढोस् बरू, यारहरूसँग’ – ‘गजल’

बैशाख ३०, २०७७  |  २०५ पटक पढिएको

दुश्मनि बढे बढोस् बरू, यारहरूसँग
दोस्ती गर्न सक्दिनँ म, गद्दारहरूसँग

म रोटीको लागि घरमा, कहिल्यै लडिनँ
भोको पेट लड्यो बरू, डकारहरूसँग

लुटिएको सिमाना फिर्ता, माग्न सक्दैन
कर माग्छ सरकार, बेरोजगारहरूसँग

भ्रष्टको राजधानी, ध्वस्त बनाईदिनुस्
शिर ठोकेर केही हुँदैन, दिवारहरूसँग

चस्मा लाउनु हजुर बा, बन्दुक उठाउनु
बलिदान माग्दैछ देश, लाचारहरूसँग

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार