‘सपना पो रहेछ’ – कविता

बैशाख २९, २०७७  |  १५९९ पटक पढिएको  |   साक्षी खबर

कालापानी लिपुलेखबाट,
भारतिय सेना फिर्ता गएको देखें,
म झसङ्ग ब्युझिएँ सपना पो रहेछ ।

लिपुलेख हुँदै मानसरोबर जाने सडक
भारतले निर्माण गरिसके छ,
म झसक्क झस्किएँ, बिपना मै पो रहेछ ।

नरेन्द्र मोदीलाई
नेपाली जनताले लखेट्दै थिए ।
म झसङ्ग ब्युझिएँ सपना पो रहेछ ।

नरेन्द्र मोदीलाई
नेपालमा नागरिक अभिनन्दन गरिदै थियो ।
म झसङ्ग ब्युझिएँ ,बिपना मै पो रहेछ ।

पूर्व प्रधान मन्त्री परराष्ट्र मन्त्रीहरु
एक ठाउँमा बसेर राष्ट्रिय स्वाधिनताको पक्षमा उभिएको देखें
म झसङ्ग ब्युझिएँ, सपना पो रहेछ ।

कार्यकर्ताहरु चर्का चर्का नारा लगाउँदै थिए
बरिष्ठ नेताहरु मौन थिए
म झसङ्ग ब्युझिएँ, बिपना पो रहेछ ।

  • तुलसीपुर उ.म.न.पा., १८ दाङ

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार