सिंहसँगै गर्जिरहेको गाउँको सत्ता

बैशाख २९, २०७७  |  १७१४ पटक पढिएको  |   साक्षी खबर

निर्वाचनताका निकै फकालिरहे गाउँ गाउँमा सिहंदरबार , ओहो जो कोहीका लागि भित्र पस्नका लागि सहज नहुने सिंहदरबार हाम्रा लागि सहज होला ? नेताहरु चुनावी नारामा मस्त रहे अनि सोचे हिजो पो सरकार काठमाडौमै बस्थ्यो अब त हाम्रै गाउँघरमा आउने भयो । हामीलाई पीडा पर्दा छिट्टै कुरा सुन्ने होला ? भैरव अर्यालका जय भोलिवाद पक्कै फिर्ने छैन यदि मेरै गाउँमा मेरै सरकार भयो भने त्यो सिंहदरबारको सिंह त्यही छोडिएर दरबार मात्र आओस् धेरै नागरिकको सोचाई त्यस्तै थिए होला । मुलुक कोभिड १९को त्रासदीमा हुर्किरहेछ। । शासकदेखि जनता सबै सचेत छन् ।

हो, मुलुक बन्दाबन्दीको पचासौ दिन नजिकै छ । मेरो विदेशिएका साथीहरु घर फर्कने आशामा छन् । कोभिड १९ कोरोनाका कारण ती मुलुकमा कति मानिसको ज्यान गएको छ तर त्यहाँको सरकारले बन्दाबन्दी गरेको छैन । हो, मेरो देश ती देशभन्दा स्वास्थ्य सेवाका दृष्टिकोणले अन्त्यन्त नाजुक भएका कारण रोगबाट बच्न अनेकन सुरक्षा सर्तकता अपनाइरहेको छ । हामी नागरिक पनि यदाकदा बाहेक सरकारको आदेश मानेर घरमै रमाइरहेका छौ ।

खासगरि यो बन्दाबन्दीका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी अग्रपङ्क्तिमा रहेर काम गरिरहेका छौ । सुरक्षा सर्तकताका बारेमा केही सावधानी अपनाउनुपर्छ भन्ने थोरै भएपनि ज्ञान छ । म कार्यरत सञ्चार संस्थाबाट पनि आफ्नो जीउ ज्यान जोखिममा राखेर फिल्ड रिपोटिङमा ननिस्कन र घरबाटै रिपोटिङ गर्न आग्रह गरेका कारण यो पचासौ नजिकका दिनमा म तुलसीपुर बजार क्षेत्रमा तीन पटक मात्र पुगेको छ । दुई पटक स्वास्थ्य उपचारका सन्दर्भमा र एक पटक हिजो अर्थात् वैशाख २८ गते पुगेको थिए । हिजो पुग्नु सञ्चारकर्मकै कारण थियो । व्यक्तिगत कुनै स्वार्थ पुरा गर्नका लागि पुगेको थिएन ।

खासगरी बन्दाबन्दीका क्रममा सञ्चारकर्ममा रहेका साथीहरुलाई केही असहज अवस्था छ भनेँ राज्यका तर्फबाट प्रदान गरिने राहत सामग्रीका लागि स्थानीय तहसँग समन्वय गरौ र सहयोग गरौ भन्ने ध्येय थियो । तर हामी जुन उद्देश्यका साथ हाम्रो सिहंदरबार भित्र प्रवेश गर्न थाल्यो , प्रवेश गर्न पाइएन । त्यहाँ प्रवेशका लागि हामी सञ्चार कर्मका परिचय पत्र कागजी खोस्टा भए । हाम्रो कर्म तुच्छ ठानियो । जो व्यवहारबाट भोगियो । गेटपालेलाई नगर पिताको आदेश बिना झिँगा पनि भित्र प्रवेश गर्न नदिनु राणाशासनी हुकुम बक्सिएको रहेछ । उहाँ कार्यवाहक नगर पिता कक्षमै विराजमान होइबक्सिएको रहेछ। यता हामी गेटका पत्रकार महासंघ दाङ शाखाका कार्यसमिति सदस्यद्वय राकेश बस्नेत (दामोदर), नारायण भण्डारी र नयाँ युगबोध दैनिकमा कार्यरत पत्रकार प्रेम तिवारी र मसहित चार जना थियौ । हो, मलाई थाहा छ, भीडभाड गर्नु ठिक होइन, त्यस कारण पत्रकार महासंघका सहसचिव, कार्य समितिका अन्य सदस्यहरु तुलसीपुर क्षेत्रमै रहदा रहदै पनि हामी थोरै साथी त्यहाँ जान थालेका थियौ । कार्य समिति सदस्य नारायण जि र कार्यवाहक नगरपिता एउटै वडा र विगतमा एउटै संस्थामा रहेर काम गरेका कारण तपाई नै फोन गर्नुस् मैले भनेँ उहाँले फोन गर्नुभयो तर गेट पालेले एक जनामात्र जानूस् माथिको आदेश छैन भन्नुभयो । हामी नारायण जीलाई आधिकारीक पत्रकार महासंघको पत्र दिएर भित्र पठायौ अनि हामी तीन चार मिनेट त्यही अडियौ । म त्यतिखेर तीन छक परे जुन समयमा नगरपालिका भित्र दुई चार जना मानिसहरु निर्बाध डुलिरहेका थिए । मैले ठाने कर्मचारी होलान् तर बुझ्दै जादा ती नेकपाका कार्यकता पो रहेछन् ।

हामी जो राज्यको चौथो अङ्गकारुपमा लिइन्छ , त्यहाँ प्रवेशका लागि यति कष्टकर छ भने ती व्यक्ति झन् कसरी सहजै प्रवेश पाएर काम गर्छन् महोदया । तपाई कै सत्तासिनहरु गाउँमा गएर मस्ती गरेका खबर छ्यापछ्याप्ती भए । ती गाउँका मानिसहरु सहजै प्रवेश दिन्छन् , स्वागत सत्कारमा जुट्छन् । वडा कार्यालयमा निर्बाध ढङ्गले सेवाग्राहीहरु काम फत्तै पारेर फर्किरहेका छन् ।

जब प्रवेश निषेधपछि हामी आफ्नो बाटो लम्किसकेका थियौ अनि १८ नम्बरका वडाध्यक्ष माधव वलीले फोन गरेर आउन आग्रह गर्नुभयो साहेद उहाँ म बिजौरीको नभएर वा लामो समयसम्मको परिचित नभएको भए त्यही आग्रह हुने थियो त ? पक्कै थिएन फोन गर्ने भए नगर प्रमुखले नै गर्नुहुन्थ्यो होला । निकै अपमानित भएर राकेश दाई, म अनि प्रेम तिवारी फर्कियौ । यसरी फर्कने हामी मात्र थिएनौ , तपाई गाउँमा काम गर भन्ने निर्णय कागजका पानामा गर्नुहुन्छ तर व्यवहारका पाना भनेँ खुकरीकै धार प्रयोग गरिबक्सन्छ महोदया एउटा योजनाको समयावधि थपका लागि उपभोक्ता समितिका साहेद पदाधिकारी हुनुहुन्छ होला , उहाँ कागज प्रमाण छ, समयावधि थप्न जाने हो, भित्र जान दिनुस् भन्दै हजार पटक हात जोड्दा पनि तपाईको गेटपाले माथिको आदेश पर्खन्छन् । हामी जो राज्यको चौथो अङ्गकारुपमा लिइन्छ , त्यहाँ प्रवेशका लागि यति कष्टकर छ भने ती व्यक्ति झन् कसरी सहजै प्रवेश पाएर काम गर्छन् महोदया । तपाई कै सत्तासिनहरु गाउँमा गएर मस्ती गरेका खबर छ्यापछ्याप्ती भए । ती गाउँका मानिसहरु सहजै प्रवेश दिन्छन् , स्वागत सत्कारमा जुट्छन् । वडा कार्यालयमा निर्बाध ढङ्गले सेवाग्राहीहरु काम फत्तै पारेर फर्किरहेका छन् । त्यहाँका कर्मचारीहरु सुरक्षा संवेदनशीलता अपनाएर सेवा दिइरहनु भएको छ । बडा कार्यालयका बडा हाकिम साहेब र नगरपिता चाहि बच्नुपर्ने ती वडा कार्यालयमा रहनुभएका कर्मचारीलाई भने कुनै खतरा नहुने, यो कस्तो तर्क र संवेदनशीलता हो । म सोचिरहेछु बडाले जे काम ग¥यो त्यो हुन्छ सर्वसम्मत् ।

मैले हिजो तीन घन्टाको अवधिमा करिब पाँच पटक स्यानीटाइजर प्रयोग गरे । सर्जिकल मास्क प्रयोग गरे किनकी आफ्ना कारण कसैलाई समस्यामा पानु ठीक होइन । हाम्रा प्रवृृत्ति र व्यवहार तिनै राणशासन, त्यही राजतन्त्रात्मक भए भनेँ हामी जनताका लागि के फरक भयो र ? यो विपद्को अवस्थामा खोजिनै गाउँकै सरकार हो । गाउँको सरकारको सेवा सुविधा र सहज होस् यही छ कामना । यी व्यवहार आम नागरिकले व्यहोर्नु नपरोस् ।

 

साच्चिकै सिंह तल झरेको हो ? कार्यवाहक नगरपिता गाउँकै सरकार भएर हामी त्यहाँ पुगेको हो, हामीलाई केही समस्या परेर नै पुगेको हो । तर तपाई ढोकामा जारे, भोटे कुकुर प्रवृत्तिका मानिस राखेर हामीलाई तह लगाउने योजनामा हुनुहुन्छ । हाम्रै लागि ती कार्यालय खोल्नुभएको होला ? हामीले तिरेकै करबाट मर्जि सवारी होइबक्सन्छ होला ? अनि हामी अनागरिकका रुपमा व्यवहार व्यहोर्नुपर्ने । तपाईको गेटपाले (किनकी हाम्रो भन्ने त व्यवहार नै भएन) हामीसँग परिचय पत्र छ, हेर्नुस्भन्दा पनि मैले पढ्न जान्दैन माथिको आदेश चाहिन्छ मात्र भन्नुभयो ।

कार्यालय सहयोगीका लागि एस.एल.सी. उत्तीर्ण हुनुपर्ने तर सुरक्षा गार्डका लागि निरक्षर भए पुग्ने यो व्यवस्था किन ? नातावाद, कृपावादमा आधारित भएर त होइन ? होइन भनेँ लाखौ शिक्षित युवा बेरोजगार छन् । एउटा परिचय पत्र पढ्न नजान्ने व्यक्तिलाई किन राख्नुहुन्छ ? हो, सर्तकता अपनाउनुपर्छ । मैले हिजो तीन घन्टाको अवधिमा करिब पाँच पटक स्यानीटाइजर प्रयोग गरे । सर्जिकल मास्क प्रयोग गरे किनकी आफ्ना कारण कसैलाई समस्यामा पानु ठीक होइन । हाम्रा प्रवृृत्ति र व्यवहार तिनै राणशासन, त्यही राजतन्त्रात्मक भए भनेँ हामी जनताका लागि के फरक भयो र ? यो विपद्को अवस्थामा खोजिनै गाउँकै सरकार हो । गाउँको सरकारको सेवा सुविधा र सहज होस् यही छ कामना । यी व्यवहार आम नागरिकले व्यहोर्नु नपरोस् ।

लेखक: पत्रकार महासंघ दाङका कार्य समिति सहसचिव एवम गोरखापत्र दैनिकसँग आबद्व छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार