२०७९ माघ १३, शुक्रबार

नेविसंघ जनता विद्यापिठ इकाइ गठन

चैत्र १५, २०७५  | ११६१ पटक पढिएको

विजौरी/ दाङको विजौरी स्थित जनता विद्यापीठ विजौरीमा नेपाल विद्यार्थी संघ इकाइ गठन भएको छ ।
ने.वि.संघ तुल्सीपुर उपमहानगर पालिका नगर संयोजक राजीव पाण्डेका सभापतित्व एबम् नेविसंघ जिल्ला सहसचिव जितेन्द्र प्रकाश वलीको प्रमुख आथित्यमा कार्यक्रम सम्मपन भएको हो ।


विद्यार्थीका हक र अधिकारका लागि सधै अग्रसर रहने भन्दै विद्यार्थीहरु एक जुट हुन सहभागीहरुले जोड दिएका थिए । पछिल्लो समयमा कम्यूष्टि सरकारको ज्याजदी विरुद्ध लड्न तयार हुनुपर्ने कार्यक्रम वोल्ने वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रममा राप्ती ववई स्वावियू सभापति अनिल कार्की, नेविसंघ जिल्ला कोषाध्यक्ष अरुण लहरे, ज्ञान ज्योती इकाई सभापति प्रकाश डाँगी, विद्याथी नेता शम्भु रिमाल लागाएतकाले आप्mना धारणा राखेका थिए ।

उक्त कार्यक्रममा शम्भु रिमालको सभापतित्वमा २५ सदस्यीय इकाइ कमिटि गठन गरेको छ । जसमा उपसभापतिमा दृष्टि पौडेल, सचिव केशव खनाल, सहसचिव विनिता चौधरी, कोषाध्यक्ष ममता घर्ती मगर लगाएतका रहेका छन् ।
उक्त कार्यक्रमको सहजीकरण विद्यार्थी नेता विदुर गौतमले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस