अब रहेनन् बलिउड अभिनेता ऋषि कपूर

बैशाख १८, २०७७  |  ३२७ पटक पढिएको

१८ वैशाख, काठमाडौँ । बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । रतिय मीडियाका अनुसार उनी स्वास्थ्य बिग्रिएका कारण मुम्बईको गिरगाउँ स्थित सर एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना भएका थिए । सोही अस्पतालमा आज बिहान ५ः२० मा उनको ६७ वर्षको उमेरमा निधन भएको हो ।

यो जानकारी उनका दाइ रणधीर कपुरले दिएका हुन् । अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपूर गत सेप्टेम्बरमा भारत फर्किएका थिए । यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।

उनको क्यान्सरको उपचारको चलिरहेको थियो । बलिउडका महानायक अभिताभ बच्चनले उनको मृत्युबारे लेखेका छन्, ‘म पूर्ण रुपमा टुटिसकेको छु ।’

Picture S. : Newswing

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार