साता राशिफल

बैशाख १७, २०७७  |  ५४२ पटक पढिएको  |   साक्षी खबर

बैशाख शुक्लपक्ष षष्टितिथि बुधबार १७ देखि २३ सम्म
सूर्याेदयः०५ः३८
सूर्यास्तः ०६:३६
ज्योः मेघराजआचार्य
भेट्ने समयः बिहान७ देखि ९ः३० बजे
साँझ ०४:१५ बजे देखि ०७ः०० फोन नं.:९८४७८७३१४७, ९८१२८५३३२१

मेषः
१७ गते – समयमिश्रीत छ, उतर चढव बनाउला ।
१८ गते – खानपनमा सजग रहनु, पेटमा समस्या होला ।
१९ गते – दीर्घ रोगले सताउने, शारिरीक आलस्यता बढ्ने ।
२० गते – अनावश्यक खर्च बढ्ने, मनमा चिन्ता ।
२१ गते – केहि सामग्री हराउन सक्ने, सजक रहनु ।
२२ गते – मनमा डर त्रास, कर्मचारीमा चिन्ता ।
२३ गते – गुमेको धन आउने, मनमा शान्ति छाउला ।

वृषः
१७ गते – समय सुधारात्मक छ, केहि आशजनक सफलता मिल्ला ।
१८ गते – समय उत्तम फलदायि छ, काम अनुसार सफलता ।
१९ गते – पराक्रम बढ्ने, मनमा उमङ्क छाउने ।
२० गते – कसैको कुराले मनमा चिसो पस्ला, समय खासै राम्रो छैन ।
२१ गते – रुघा खोकिले सताउला, अन्य कुरा सामान्य ।
२२ गते – मनमा भय उत्पन्न होला, मनमा कुरा धेरै खेल्ने छन् ।
२३ गते – सरकारीकाममा फाइदा, अन्य क्षेत्रमा मध्यमफल पाइनेछ ।

मिथुन
१७ गते – पारिवारिक खर्च निकै बढ्र्ने छ, मनमा चिन्ता ।
१८ गते – कृषिजन्य पदार्थमा फाइदा, अन्य सामान्य ।
१९ गते – धनको क्षति हुने, मानसिक चिन्ता बढ्ने ।
२० गते – शत्रुमाथि विजय, समय उत्साह वर्धक छ ।
२१ गते – खेल क्षेत्रमा सफलता मनमा खुशी आउने ।
२२ गते – एक्कासि स्वास्थ्यमा खराब देखिने, अन्य क्षेत्र सामान्य छ ।
२३ गते – खानपानमा सजक रहनु होला, शारीरिक आलस्यता ।

कर्कटः
१७ गते – सन्तानबाट सुख, मानपाइने ।
१८ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१९ गते – मनपरेको भोजन गर्न पाइने, कृषी क्षेत्रमा फाइदा ।
२० गते – भृमिको कारोबारमा केहि सुधार, अन्य कामा सामान्य रहने ।
२१ गते – सामान पैसा कतै खस्लाा नी ! सजग रहन है !
२२ गते – मनमा खुशी, धन आउने ।
२३ गते – कतै अर्पझट यात्रा होला, अरु क्षेत्र पनि राम्रो छ ।

सिंहः
१७ गते – जोखिम पूर्ण कामबन्ने, मनमा सन्तोष
१८ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
१९ गते – खर्च बढ्ने कसैसँग झैझगडा होला ।
२० गते – कसैबाट उपहार पनि पाइएला, मनमा खुशी छाउने ।
२१ गते – मठिो–मीठो खान पाइने, अन्य क्षेत्र पनि राम्रो ।
२२ गते – केहिवस्तु गुम्नेछ अन्य क्षेत्रमा सामान्य रहला ।
२३ गते – मनमा कुरा खेल्ने सोचेअनुसार काम नहोला ।

कन्याः
१७ गते – जोखिमपूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
१८ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
१९ गते – समय अति राम्रो छ, सबै क्षेत्रमा फाइदा ।
२० गते – घरायसी खर्च बढेर जाने, लेन देनमा सजक रहनुहोला ।
२१ गते – व्यापारमा घाटा सहनुपर्ला, समय खासै राम्रो छैन ।
२२ गते – प्रेमिकाबाट उपहार आउने, अरु क्षेत्रमा पनि फाइदा नै होला ।
२३ गते – साथीभाईसँग रमाइलो हुने, अरुक्षेत्र पनि राम्रो छ ।

तुला
१७ गते – सामाजिकक्षेत्रमा मान पाइने, रोजगारी प्राप्त होला ।
१८ गते – प्रियजनसँग भेट, पढाईमा राम्रो ।
१९ गते – काम सजिलै बन्ने छ, आम्दानि पनि बढ्ने ।
२० गते – मनमा आनन्द, ठुला बडासंग भेटहुने ।
२१ गते – सरकरीकामा भय, अन्य क्षेत्रमा सफलता ।
२२ गते – नेतृत्वमा असफलता, अन्य क्षेत्रमा सामन्य फलदायि ।
२३ गते – धन खर्च बढेर जानेछ, सजक रहनु होला ।

वृश्चिकः
१७ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१८ गते – श्रमिक वर्गमा राम्रो, मानपाइने ।
१९ गते – मनमा डरत्रास लागिरहने छ, ठुलबडाको हप्कि खानुपर्ने ।
२० गते – रोकिएको काम सजिलैसंग बन्नेछ, आफन्तबाट सहयोग मिल्ने ।
२१ गते – उद्योग व्यवसायमा सफलता, अन्य क्षेत्रमा पनि राम्रो छ ।
२२ गते – कृषि व्यापारमा वृद्धि, समय उत्तम छ ।
२३ गते – धन पाइने, मन खुशि हुने ।

धनुः
१७ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१८ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
१९ गते – समय चोट पटकको छ, सजक रहनु होला ।
२० गते – समय झगडालु छ, बोल्दा विचार पुराउनु होला ।
२१ गते – समय डरयुक्त छ, हिँडुल गर्दा सजक रहनु होला ।
२२ गते – समय सफल दायिक छ, काममा ध्यानपुराएर गर्नु ।
२३ गते – समय अति राम्रो छ, नआत्तिएर काम गर्नु ।

मकरः
१७ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
१८ गते – जोखिमपूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
१९ गते – समय प्रेमयुक्त छ, दाम्पत्य सुख पाइने छ ।
२० गते – समयसंकट युक्त छ सबै क्षेत्रमा सजक रहनु ।
२१ गते – समय शत्रु युक्त छ, काममा विवाद नगर्नु ।
२२ गते – समयजाल यूक्त छ, कसैका कुरामा पूर्ण विश्वास नगर्नु ।
२३ गते – समय झमेला युक्त छ, छिटो निर्ण नदिनु ।

कुम्भः
१७ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१८ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१९ गते – समयलाभ युक्त छ, व्यापारमा बढिया होला ।
२० गते – समय स्नेहपरक छ, प्रेममा चञ्चलता होला ।
२१ गते – समय मिलन युक्त छ, भेटघाटमा व्यस्त रहनु पर्ला ।
२२ गते – समय दुर्घटना युक्त छ, हिँडुल गर्दा सजग रहनु होला ।
२३ गते – समय समस्यायुक्त छ, सबै क्षेत्रमा सजग रहनु होला ।

मीनः
१७ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
१८ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
१९ गते – समय भययुक्त छ, मनमा चिन्ता बढ्ला ।
२० गते – समय आगमनले युक्त छ, केहि वस्तु पाइएला ।
२१ गते – समय र्वद्धिले युक्त छ , धनमाल प्राप्त हुनेछ ।
२२ गते – समय प्रेमले युक्त छ ,पारिवारिक सुख पाइने छ ।
२३ गते – समय चञ्चल युक्त छ , माया प्रेममा सफलता ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार