२०७९ माघ १३, शुक्रबार

जिल्ला सहकारी संघले साता व्यापी कार्यक्रम गर्दै

चैत्र १४, २०७५  | ११२८ पटक पढिएको

१४ गते, विजौरी /  जिल्ला सहकारी संघ दाङले ६२ औं राष्ट्रिय सहकारी दिबश साता व्यापी कार्यक्रम गनेृ भएको छ। दाङको घोराहीमा पत्रकार सम्मेलन गर्दे दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने मूल नाराका साथ साता व्यापी कार्यक्रम गर्ने जनाएको छ ।
जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चेत्र १५ गते देखि दाङका दश वटै स्थानिय तहमा विभिन्न कार्यक्रमका साथ मनाउनका लागि जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्द प्रसाद शर्माको संयोजकत्वमा ५१ सदयिस्य मूल व्यवस्थापन समिति समेत गठन गरिएको जनाएकोछ ।
दाङको घोराहीमा भएको पत्रकार सम्मेलनमा चैत्र १५ गते जेष्ठ नागरिकलाई उपभोग्य बस्तु वितरण तथा दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी विषयका निवन्ध प्रतियोगिता घोराहीमा, चैत्र १६ गते गौसेवा कार्यक्रम रिहारमा, चैत्र १७ गते रक्तदान कार्यक्रम घोराहीमा, चैत्र १८ गते दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी विषयका वक्तीत्वकला प्रतियोगिता घोराहीमा, चैत्र १९ गते हाजिरी जवाफ प्रतियोगिता घोराहीमा र चैत्र २० गते सहकारी ¥याली एबम् सम्पूर्ण कार्यक्रम स्थानिय तहमा गर्ने जनाएकोछ ।

स्थानिय तहमा कार्यक्रम गर्नका लागि विभिन्न व्यक्तिलाई जिम्मेवारी दिइएको उक्त कार्यक्रम जानकारी दिइएको छ । जस अनुसार तुल्सीपुर उपमहानगर पालिकाका लागि जिल्ला सहकारीका सचिव शुक्रराज भण्डारी, राप्ती गाउपालिका र लमही नगरपालिकाका लागि हरि प्रसाद भुसाल, बबई र शान्तीनगर गाउपालिकाका लागि तुल्सीराम कंडेल, राजपुर र गढवा गाउपालिकाका लागि मिना गुरुङ, घोराही उपमहानगरपालिकाका लागि अञ्जन कुमार पौडेल, दंगिशरण गाउपालिकाका लागि दिपबहादुर चौधरी र वंगलाचुली गाउपालिकाका लागि मिनराज घिमिरेलाई तोकिएको छ ।
जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षतामा भएको उक्त पत्रकार सम्मेलनको सहजीकरण जिल्ला सहकारी संघका सचिब शुक्रराज भण्डारीले गर्नु भएको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस