२०७९ माघ २४, मंगलबार

राप्तीमा एसईई परीक्षाको अनुगमन, मर्यादित र शान्तिपूर्ण रुपमा सञ्चालितत हुँदै

चैत्र १४, २०७५  | १०८७ पटक पढिएको

– तिर्थराज ज्ञवाली
१४ चैत्र, मसुरीया(देउखुरी दाङ) / राप्ती गाउँपालिकाबाट एसईई परीक्षाको बिहिवार पनि अनुगमन गरिएको छ । अनुगमनको क्रममा परीक्षा केन्द्र मर्यादित र शान्तिपुर्ण रुपमा सञ्चालित हुँदै गरेको पाईएको छ ।

एसईई परीक्षालाई मर्यादित एवं अनुशासित बनाउनका लागि सहयोग पुर्याउने उद्देश्यका साथ राप्ती गाउँपालिकाका जिम्मेवार पदिधिकारीबाट नियमित अनुगमन गरिदै आईएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, शिक्षा तथा खेलकुद शाखाका फनेन्द्रराज देवकोटाले श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया र श्री सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाको अनुगमन गरेका छन् ।

अनुगमनको क्रममा कक्षागत रुपमा विद्यिार्थीको क्रियाकलापको समेत अवलोकन गरिएको छ । साथै विद्यार्थीको बसाई, शौचालय, पिउने पानी जस्ता आवश्यकताको सहजताको समेत अवलोकन गरिएको छ ।

अनुगमनको क्रममा श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटियाका प्रधानाध्यापक किरण पोख्रेल, शिक्षकहरुसँग परीक्षाको बारेमा सोधपुछ समेत गरिएको छ साथै श्री सर्बोदय माध्यामीक विद्यालय सिसहनियाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवध्वज मल्ल, प्रधानाध्यापक गोविन्द केसीसँग समेत परीक्षाको बारेमा सोधपुछ गरिएको थियो ।

एसईई परीक्षा सञ्चालन अवस्था तथा परीक्षा, विषयवस्तु, विद्यार्थीका बारेमा परीक्षा केन्द्राध्यक्षसँग सोधपुछ का साथै कक्षागत रुपमा अवलोकन समेत गरिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस