अन्धोपन निवारणमा आँखा अस्पतालको भूमिका महत्वपूर्ण

१३ चैत, तुलसीपुर (दाङ) / नेपाल नेत्रज्योति संघको ४१ औं स्थापना दिवस तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा अस्पतालले हाल सम्म दिएका सेवा तथा भावि कार्यक्रमहरु बारे जानकारी गराउँदै त्यस्तै तीन वटै अस्पतालहरुको गुरुयोजना मुताविक भौतिक पूर्वाधारहरुको विकास गर्ने, अस्पतालहरुलाई टर्सरी वि लेवलको रुपमा स्तरवृद्धि गर्ने, सन् २०२४ सम्ममा आत्मनिर्भर बनाउने योजनाका साथ अगाडी बढेको संघका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए ।

केन्द्रिय सदस्य समेत रहेका गिरीले संघ अन्तर्गत नेपालका विभिन्न स्थानमा १८ वटा आँखा अस्पताल र ८५ वटा आँखा उपचार केन्द्रले नेपालमा कुल आँखा उपचार सेवाको करिव ९० प्रतिशत बढी नेपाल नेत्रज्योति संघको कार्यसंजाल मार्फत प्रवाहित गरेको बताए । उनले संघ अन्तर्गत सञ्चालन भएका आँखा अस्पतालले आँखा स्वास्थ्य सेवामा पु¥याएको योगदान अतुल्नीय रहेको भन्दै सेवालाई थप प्रभावकारी गराउने बतए ।
नेपाल नेत्रज्योति संघ, अन्तर्गत सञ्चालीत, राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल, छन्द् कालेवावु नारायणी आँखा अस्पताल बहादुरगञ्ज र उपचार केन्द्रहरुले अन्धोपन निर्वारणमा खेलेको भूमिका अतुल्नीय रहेको भन्दै अझै सेवालाई प्रस्कृत गर्दै लैजानुपर्ने सहभागीहरुले जोडदिएका थिए ।

अवसरमा अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत शम्शेर थापाले विगत ५ वर्ष र पछिल्लो ५ वर्षमा अस्पतालले सञ्चालन गरेका कार्यक्रम र पुर्याएको सेवाको बारेमा सहभागीहरुलाई जानकारी दिदैं सन् २००९ देखि १३ मा ६ लाख आँखा विरामीहरुलाई सेवा दिएको र जस मध्य ५२ हजारको शल्यक्रिया गरेको सन् २०१४ देखि १८ सम्ममा १२ लाख भन्दा बढीलाई उपचार सेवा दिएको र जसमा ६४ हजारको मोतिविन्दुको शल्यक्रिया गरि उज्यालो प्रदान गरेको बताए ।
पछिल्लो समयमा आँखा स्वास्थ्यको पहुँच सबै स्थानमा पुर्याउन स्थानीय निकायहरुसँग सहकार्यगरी विभिन्न कार्यक्रम सञ्चालन गरेको उनको भनाई थियो । कार्यक्रममा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल, प्रेस यूनियन दाङका उपाध्यक्ष नारायण खड्का पत्रकार खेमराज रिजाललगायतले भनाई राखेका थिए । संघका उसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजिकरण संघका सचिव सुरेन्द्रबहादुर खड्काले गरेका थिए ।
त्यसैबिच स्थापना दिवसमा तुलसीपुरमा सचेतना र्याली आयोजना गरिएको थियो । त्यस्तै लमही आँखा अस्पताल, छन्द् कालेवावु नारायणी आँखा अस्पताल बहादुरगञ्जमा विरामीहरुलाई फलफुल वितरण गरि दिवस मनाइएको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस