गाउँपालिकाद्वारा अति विपन्न परिवारलाई राहत वितरण

चैत्र २४, २०७६  |  १९१ पटक पढिएको  |   साक्षी खबर

२४ चैत, शान्तिनगर । शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाटले आज वडा नम्बर पाँचका अति विपन्न ३५ घर परिवारलाई राहत वितरण गरेको छ ।

वडा नम्बर ५ को बैंसा, ढोरेनी, बाघढोइ, रंगैजा र जम्पुरका अति विपन्न घर परिवारलाई २५ केजि चामल, १ लिटर तेल, १ किलो नुन, ४ किलो दाल घरमै पुगेर खाद्यान्न राहत सामाग्री वितरण गरिएको वडा नम्बर ५ का अध्यक्ष गिरिराज बस्नेत ले जानकारी गराएका छन् ।

राहत सामाग्री लिएर विपन्न घर परिवार पुग्दा स्थानीय खुसी भएका थिए । गाउँपालिकाले लकडाउनका कारण मजदुर गरेर साँझ बिहानको छाक टार्न मुस्किल मजदुरको पहिचान गरि सातवटै वडाहरुमा क्रमिक तरिकाले राहत सामाग्री वितरण गरिने जनाइएको छ ।

वडा नम्बर ५ मा भएको राहत वितरणमा वडा अध्यक्ष गिरिराज बस्नेत, सदस्यहरु डिल्ली बहादुर खड्का, मैमी बि क, लक्ष्मणप्यारी चौधरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस