तुलसीपुरका समाजसेवि लामिछानेद्वारा एकलाख बढीको घर भाडा छुट

चैत्र २४, २०७६  |  १००९ पटक पढिएको  |   साक्षी खबर

२४ चैत, तुलसीपुर / कोरोना भाइरसले विश्वभर महामारी छाएर आक्रान्त गराइरहेको बेला दाङ तुलसीपुरका एक समाजसेवीले व्यवसायीलाई घर भाडामा छुट दिने घोषणा गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडानम्बर ६ बरुवागाउँ मोतिनगर टोल निवासी समाजसेवी रेशम लामिछाने र उनकी धर्मपत्नी गिता लामिछानेले ब्यबसायिहरुलाइ घरको सटर भाडामा यकलााख बढी छुट दिएका छन् ।

लामिछानेको तुलसीपुरको घोराही रोडका सम्पुर्ण सटर तथा गुम्राह चोक स्थित घरका सम्पुर्ण सटरहरुको यक महिनाको भाडा रु यक लाख पाच हजार नलिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस