२०७९ माघ १३, शुक्रबार

नेपालगञ्जमा महिलामैत्री बस

चैत्र १३, २०७५  | ८३३ पटक पढिएको

१३ चैत्र, राँझा / नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालन गर्ने भएको छ । महिलाको सुरक्षालाई ध्यानमा राखेर उपमहानगर आफैँले बस सञ्चालन गर्ने तयारी गरेको नगर प्रमुख डा धवलशम्शेर राणाले जानकारी दिनुभयो ।

“चालू आर्थिक वर्षभित्रै ६ सुविधासम्पन्न बस सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो । उपमहानगरपालिका र त्यस आसपासका क्षेत्रमा महिलामैत्री बस सञ्चालन गरिनेछ । “महिला यात्रु मात्रै चढ्ने गरी बस सञ्चालनको तयारीमा छौँ । चालक र अन्य कर्मचारी पनि सकभर महिला नै राख्न खोजेका छौँ,” राणाले भन्नुभयो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस