लकडाउन: ‘मानवताको संस्कार !’

चैत्र २२, २०७६  |  ९२६३ पटक पढिएको  |   साक्षी खबर

अहिले विश्वभरी कै गाउँकि धर्ती माता खुशी भएकी छन् । हुन पनि किन नहुने होर सबै टाठा बाठाहरुले गाउँलाई सुनसान गराएर गरिबलाई हेप्दै हुने खानेको चटक/भटकले गर्दा गरिब जनतालाई कमजोर पार्ने काम भएको थियो । मेरो घर त राजधानीमा छ । मेरा छोराछोरी त अमेरिका अष्ट्रेलिया, इटली, जर्मनी, रसिया छन् भन्नेहरुले गरिबलाई मान्छे गन्दैनथे ।

अहिले बल्ल कोरोना भाइरसले विश्वलाई आफ्नो चपेटामा ल्याएपछि बल्ल हे भगवान ! हामीलाई बचाउनुस् भन्दै त्यही उजाड गाउँ बस्तीमा बाँच्न आएका छन् । मलाई लाग्छ अब यो कोभिड १९ ले नेपाली छोराछोरी र बुहारी ज्वाईहरुलाई राम्रो ज्ञान दिने मानवमा हुनुपर्ने मानवता सिकाउँदैछ । भन्थे कलियुगमा प्रलय आउँछ भनेर त्यो प्रलय शुरुआत भैसकेको छ ।

संसारमा पापले टुप्पोमा टेक्नैलाग्दा पुनः १०२ वर्ष पछि प्रलय महामारी कोरोना जीवजन्तुलाई लिन आएको छ । त्यसैले हामी नेपाली सचेत बनौं, मुक्तिनाथ, पशुपतिनाथ, बुद्ध, महाकालीमाता , सीतामाता प्रकृतिकि अप्सरा नेपाली धर्तीमाता र नेपाली आर्गानिक अमुल्य जडीबुटीको कृपा र सुगन्ध थोरै भएपनि जिम्मेवारी बोध हुनाले अहिलेसम्म बाँच्न अनि बचाउन सफल भएका छौं ।

विक्रम सम्वत १२ बैशाख २०७२ मा भुकम्प, सन् २०१९/२० मा कोरोना भाइरस अनि लगायतका मानवबाट दानव बनेका शक्तिशाली व्यक्ति र राष्ट्रलाई आफ्नो चपेटामा कोरोनाले लिइसकेको छ । सन् २०१९ बाट शुरुआत र चाइनालाई त्रसित गर्दै विश्वभरी फैलिएको महामारी नोवेल कोरोना भाइरस कोभिड–१९ ले मानवबाट मानवता हराएकालाई मानवीय शिक्षा दिन शुरुआत गरेको छ ।

विश्वबाट मानिसहरु शहर र सिटी भन्दै गाउँ–गाउँबाट झोली तुम्बी बोक्दै शहरलाई दुर्गन्धित गर्दै मानवले मानवलाई टेक्दै शहर केन्द्रित भएका गाउँ बस्ती शून्य उब्जाउ भुमि बाजो राख्दै, आफ्ना बुढा बाआमा, सासुससुरालाई एकलै गाउँमै असुरक्षित छोड्दै पैसा कमाउन शहर पस्ने नाउँमा गाउँलाई मृत बनाउनेहरुलाई एउटा आजीवन हृदयबाट नमेटिने छाप कोरोना भाइरसले नेपाली लगायत विश्व समुदायलाई सिकाएर जाने र कयौं घर परिवारलाई तबाही गर्दै दानवीय प्रवृतिका छोराबुहारी, छोरीज्वाई लगायतलाई शिक्षा दिने काम कोरोनाले गरेको बुझियो ।

संसारमा पापले टुप्पोमा टेक्नैलाग्दा पुनः १०२ वर्ष पछि प्रलय महामारी कोरोना जीवजन्तुलाई लिन आएको छ । त्यसैले हामी नेपाली सचेत बनौं, मुक्तिनाथ, पशुपतिनाथ, बुद्ध, महाकालीमाता , सीतामाता प्रकृतिकि अप्सरा नेपाली धर्तीमाता र नेपाली आर्गानिक अमुल्य जडीबुटीको कृपा र सुगन्ध थोरै भएपनि जिम्मेवारी बोध हुनाले अहिलेसम्म बाँच्न अनि बचाउन सफल भएका छौं ।

हामी आफैले कर्तव्य बुझेर अगाडी बढ्यौं भने सायद नेपालमा ठूलो कोरोनाबाट हुने क्षती हुँदैन जस्तो लाग्छ तसर्थ सबै ३ करोड नेपालीले स्वदेश र प्रदेशबाट जिम्मेवारी निभाउने हो भने ग्रीन सिग्नल मै हुनेछौ । अहिले केही गैरजिम्मेवारहरुले सरकारलाई असफल र सरकारले केही गरेन भनेर नेपाली नेपाली बिच फाटो हालने काम भएको छ ।

सत्यको विजय हुन्छ कामना गरौं हाम्रा नेपाली जनसमुदाय छिमेकी राष्ट्रहरु, मित्र राष्ट्रहरु लगायत विश्वबाट कोरोना भाइरस छिटै भागोस् मानव जातिको आत्मबलले सदा सदाको लागि गन्दगी त्याग्दै सादकी अपनाउने प्रेरणा दिनेछ भन्ने आशा गर्दै अब संसार शाकाहारी बन्दै जाउन दीर्घजीवी बन्न सादा जीवन, उच्च विचार अनुसरण गर्ने बनुन् । यो कोरोना महामारीबाट घमण्डको अन्त्य होस साधारण जीवन ज्युने शक्तिको जय होस् ।

 सदस्य तथा इन्चार्ज प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समिति तथा पुना नगर समिती ।

प्रतिक्रिया दिनुहोस