प्रधानमन्त्री ओलीबाट बहराइनका समकक्षीसँग संवाद

चैत्र २२, २०७६  |  ८३ पटक पढिएको  |   साक्षी खबर

२२ चैत, काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली श्रमिकको उल्लेख्य सङ्ख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणको त्रास रहेका सन्दर्भमा प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति चासो राखेका हुन् । प्रधानमन्त्री ओलीले आज ट्वीट गरी बहाराइनबाट प्राप्त सहयोगका लागि आफूले धन्यवाद ज्ञापन गरेको जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस