रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि जडिबुटी

चैत्र २२, २०७६  |  १२६ पटक पढिएको  |   साक्षी खबर

२२ चैत, तुलसीपुर । कोरोनाको संक्रमणबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नको लागि तुलसीपुरमा बहुउपयोगी जडिबुटी वितरण गरिएको छ । राप्ती आयुर्वेद पतञ्जली योग केन्द्र दोघरे केन्द्र प्रमुख ओजबहादुर खड्काको अगुवाईमा लहरे गुर्जाे लगायतका जडिबुटी वितरण गरिएको हो ।

जडिबुटीको सेवनबाट विभिन्न रोगविरुद्ध लड्न सक्ने क्षमता वृद्धि हुने भएकाले जडिबुटी सेवन अतिआवश्यक रहेको उनले बताए । बेसार, टिमुर अदुवा, तुलसी गुर्जो मिसाएर चिया बनाई सेवन गर्न पनि अनुरोध गरे ।

तुलसीपुरका करिब ६० जनालाई जडिबुटी वितरण गरिएको हो । त्यसैगरी वातावरण शुद्धिका लागि सामुहिक देव यज्ञ तथा हवन पनि गरिएको योग शिक्षक पुर्ण भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस