‘लकडाउन पुर्णरुपमा कार्यान्वयन गर्न दाङ प्रशासनको आग्रह’

चैत्र २२, २०७६  |  २०५ पटक पढिएको  |   साक्षी खबर

खाद्यान्न, तरकारी र डेरिपसल पुर्णरुपमा बन्द गर्ने निर्णय

– शरद रेग्मी
२२ चैत, दाङ । विश्वव्यापी महामारीको रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाईरस नियन्त्रण गर्न सरकार लागिपरेको सन्दर्भमा स्थानीय प्रशासनले पनि कडाईका गर्न थालेको छ । जिल्ला प्रसासन कार्यालय दाङले सबै शहरहरुमा लकडाउन पुर्णरुपमा कार्यान्वयन गराउन सबै प्रहरी युनिटहरुलाई परिचालन गरिसकेको छ ।

बिहान र साँझ ५ बजेपछि पनि कसैलाई घरबाट बाहिर ननिस्कन पुनः अपिल गरेको छ । स्थानीय स्तरमा खाधान्नका पसलहरु समेत पुर्णरुपमा बन्द गर्न आह्वान गरेको छ । नागरिकको स्वास्थ सुरक्षालाई मध्येनजर गर्दै अति आवश्यक भन्दा अरुकाममा घरबाहिर निस्कन रोक लगाएको प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।

हामीले जिल्लावासीको सुरक्षालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सबै तह र तप्कालाई परिचालन गरिरहेका छौं । तर प्रशासनलाई नागरिकले घरभित्र बसेर सहयोग गर्नुपर्यो । ‘प्रजिअ रिजालले भने, ‘कोरोना नियन्त्रण गर्ने अभियानमा आजसम्म सबैको भूमिका महत्त्वपूर्ण छ तर भोलि आउन सक्ने भयावह परिस्थितिलाई पनि हामिले समयमै आँकलन गर्नुपर्छ ।’

लकडाउन लागु भएको दशदिन सम्मपनि नागरिकहरु साझ र बिहानको समयमा घरबाहिर आवतजावत गर्नेकाम नरोकिएको व्यापक जनगुणासो बढेपछि स्थानीय प्रशासनले जिल्लाको घोराहि, तुलसीपुर, लमही भालुवाङ र गाउँमा पनि नागरिकलाई आवतजावत र हिँडडुल गर्न पुर्णरुपमा रोक लगाईएको छ । स्थानीय प्रशासनको अनुमति बिना लकडाउन उल्लङ्घन गर्ने जोकोहि नागरिकलाई पनि स्थानीय प्रसाशनले कानुन अनुसार कारवाही गर्ने पनि बताईएको छ ।

लकडाउन पुर्णरुपमा कार्यान्वयन गराउन खाधान्न, तरकारी, डेरि पसल समेत पुर्णतः बन्द गर्न सबैलाई आह्वान गरिएको छ । यता तुलसीपुरमा शनिवार बिहान भएको छलफल र विभिन्न निकायसङ्गको टेलिफोन संवादपछि स्थानीय प्रशासन, उपमहानगरपालिका र उद्योग वाणिज्य सङ्घले तुलसीपुरमा सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै हप्ताको तिनदिनमात्रै खाधान्न पसलहरु खोल्ने निर्णय गरेको तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिरबहादुर रावलले जानकारी दिए ।

अध्यक्ष रावतका अनुसार अबदेखि हप्तामा तिनदिन आईतबार, मंगलबार र शुक्रबार बिहान ९ बजेसम्म मात्रै खाद्यान्न र अति आवश्यकका पसलहरु खोल्ने निर्णय गरेको हो । साँझको समयमा कुनै पनि पसल नखोल्न र नागरिकलाई घरबाहिर निस्कन रोक लगाएको छ । अस्पताल र मेडिकलहरु भने जतिबेलापनि सेवादिनुपर्ने भन्दै चौबिसैघण्टा खुल्ला राख्नुपर्ने उल्लेख्य गरिएको छ । अस्पतालले जस्तोसुकै बिरामीको भर्ना लिन र सेवा दिनुपर्ने भन्दै कहिकतैबाट केहि कमिकमजोरी भएको पाईएमा दर्ता खारेजि देखि हँदैसम्मको कारवाही हुनसक्ने छ ।

केही शङ्का लागेका बिरामीहरु आएको खण्डमा क्वारेन्टाइनमा पुर्याउने वातावरण श्रृजना गर्न भुमिका खेल्नपनि सबैसँग आह्वान गरिएको छ । नेपाल सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउनको नागरिकले उल्लङ्घन गरेको र कार्यान्वयनमा फितलो भएको भन्दै स्थानीय प्रशासनले झनपछि झनकडा रुपमा प्रस्तुत हुनलागेको हो । छिमेकी राष्ट्र भारत र विश्वपरिवेशलाई मध्यनजर गर्दै सरकारले लकडाउन केही हप्ता लम्ब्याउन सक्ने श्रोतहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस