२०७९ माघ २१, शनिबार

सुनील शेट्टीका छोरा ‘आरएक्स १००’ को रिमेकमा

चैत्र १३, २०७५  | २०६२ पटक पढिएको

एजेन्सी, मुम्बई / बलिउडमा स्टार किड्सको प्रवेश निकै बढेको छ । स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूर, अभिनेता सैफ अली खानकी छोरी सारा अली खान, चंकी पान्डेकी छोरी अनन्या, अभिनेता गोविन्दाकी छोरी टीना आहुजाले बलिउड फिल्ममा आफ्नो पाइला राखिसकेका छन् । चाँडै अभिनेता शाहरुख खानकी छोरी सुहाना खान पनि बलिउड प्रवेश गर्न लागेको चर्चा छ ।

यसैबीच, एक समयका सर्वाधिक सफल अभिनेता सुनील शेट्टीका छोरा अहान पनि बलिउडमा डेब्यू गर्ने फाइनल भएको छ । साजिद नाडियाडवालाले निर्माण गर्ने फिल्ममा उनी लिड रोलमा देखिने भएका छन् । उनको अपोजिटमा अभिनेत्री तारा सुतारियालाई अनुबन्ध गरिएको छ । उनको डेब्यू फिल्म ‘स्टूडेन्ट अफ द ईयर २’ प्रदर्शनको तयारीमा छ ।

जूनबाट छायांकन सुरु हुने फिल्मको अहिले प्रि–प्रोडक्सनको काम भइरहेको छ । साजिदले भनेका छन्, ‘हामीलाई लिड अभिनेत्री मिलेको छ र म भन्न चाहन्छु कि, तारा एक कुशल अभिनेत्री हुन् । दर्शकलाई यो निकै रोमान्टिक र रोमाञ्चक जोडी साबित हुनेछ । हामी जूनबाट फ्लोरमा जान सक्ने छौं ।’ यो फिल्म हिट तेलुगु फिल्म ‘आरएक्स १००’ को रिमेक हुनेछ ।

फिल्ममा एक्सनले भरिपूर्ण हुनेछ । किनकि, ‘आरएक्स १००’ एक्सनका कारण हिट भएको थियो । मिलन लुथरियाले फिल्मलाई निर्देशन गर्नेछन् । नाडियावाला ग्रेडसन इन्टरटेनमेन्टको आधिकारिक ट्विटर ह्यान्डलबाट यो कुराबाट जानकारी दिइएको छ । लुथरियाले ‘द डर्टी पिक्चरु’, ‘वन्स ओपन ए टाइम इन मुम्बईु’, ‘कच्चे धागे’ र ‘बादशाहो’ फिल्म निर्देशन गरिसकेका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस