अति गरिब विपन्न राहतबाट नछुट्न आग्रह

चैत्र २०, २०७६  |  २०८९ पटक पढिएको  |   साक्षी खबर

– तिर्थराज ज्ञवाली
२० चैत, सिसहनिया (देउखरी दाङ) / दाङको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले कोरना भाईरसको जोखिमबाट बच्न र बचाउन लकडाउनको अवस्थामा गरिब विपन्न परिवारलाई सरकारको राहतबाट छुटाउन नहुने भन्दै वडा अध्यक्षहरुलाई निर्देशन दिएका छन् ।

कोरना संक्रमण रोकथामका लागि लकडाउनको पालना गर्ने विपन्न घरधुरीलाई परिवारको संख्याको आधारमा खाद्य सामाग्री उपलब्ध गराउने कार्यक्रम अनुसार टोल, बस्ती, गाँउमा स्वयं उपस्थीत भई गरिब विपन्नको खोजि गरि राहत प्रदान गर्न गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले निर्देशन दिएका हुन् । गाउँमा टोलमा खोजेर सहयोग गर्न र गरिब विपन्न परिवार जनप्रतिनिधिको सम्पर्कमा आउन समेत अनुरोध गरेका छन् ।

अध्यक्ष सुवेदीले हालको अवस्थाको उच्च मुल्याङन गर्दै स्थानीय सरकार गाँउपालिकाले विभिन्न खालको उपचार, क्वारेन्टाईन, आईसुलेसन, तथ्याङ लिने राहत, तथा सहयोगको कार्यक्रम सञ्चालन गर्दै आएको हुँदा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको नीति नियम अनुसार र आर्थिक बजेटका आधारमा क्रियाकलाप सञ्चालन गरेको बताएका छन् । हामीले अफवाह र हल्लामा नलागी नागरिकको सुरक्षाका लागि सबैखाले संयन्त्र सञ्चालनमा ल्याएकोले लकडाउनको पुर्ण पालना गर्न सबैमा अनुरोध गरेका छन् ।

अध्यक्ष सुवेदीले हिन्दुहरुको महानपर्व रामनवमी भगवान रामको जन्मदिनको अवसरमा सम्पूर्ण नागरिकमा कोरना भाईसरको जोखिमबाट बच्न सक्ने क्षमताको अभिवृद्धि होस भनि शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस