१०४ वर्षीय राणा काल, राजाकाल, काङ्ग्रेसकाललाई फाल्दै आएको ‘कम्युनिष्ट’

चैत्र २०, २०७६  |  ७२४३ पटक पढिएको  |   साक्षी खबर

नेपालका कम्युनिष्टहरुले यति धेरै गल्ती गर्दा गर्दै पनि एकपटक फेरि पदलोलुपहरु मिलेर पुनः अन्तिम पटक बुद्धिको बिर्को खोलेर नेपालका दुई महान कम्युनिष्ट पार्टी एकै बनाएका छन् भने विपक्षी, विस्तारवादीहरुलाई दर्हो झापट बजार्दै साहसिक निर्णयमा पुगेको देख्दा हामी बाम शुभचिन्तकहरुको खुशीको सीमा नै रहेन ।

२०७५ जेष्ठ ३ गते एमाले र माओवादी केन्द्र पार्टी एकीकरण हुने निर्णय भएपछि मलाई सबैभन्दा खुशीको दिन आए जस्तो भएको थियो । हुन पनि किन नहोस् विश्वबाट कम्युनिष्ट सकिन लाग्दा नेपालबाट कम्युनिष्ट र सर्वहाराको अभिभावक बन्दै हाम्रा शिर्ष अध्यक्षद्वय खड्ग प्रसाद शर्मा ओली (केपी) र पुष्पकमल दाहाल (प्रचण्ड) ज्युहरुले कम्युनिष्टहरुलाई मलजल गर्दै फेरि रातो रगत भर्दै विश्वमा पुनः कम्युनिष्ट शासन स्थापित गर्न लाग्नु भयो भनेर खुशीको सीमा नै रहेन । मलाई यो पनि थाहा थियो कि दुवै पार्टीले टुटफुट व्यहोरिसकेकाले अब त्यस्तो हुने छैन । सबै बाम एकै ठाम आउनेमा ढुक्क थिए तर के गर्नु पार्टी मिल्यो मुन्छे मिलेनन् । नेकपाको केपी सरकारलाई तुहाउन असफल पार्न पार्टी भित्रकै शिर्ष अग्रज नेताहरुले अहिले पनि चलखेल गर्दै हुनुहुन्छ ।

यी नेताज्युहरुलाई के भन्न चाहान्छु भने यो नेकपा पार्टी र यो सरकार नेपालबाट पतन भयो भने नेपाल रहने छैन । तपाईं हाम्रो अनि हाम्रा छोराछोरी नातिनातिनाले एकादेशको कथा भनेर नेपाललाई पढ्नेछन् । जस्तै गढवाल र सिक्किमलाई हामीले बुझेका छौं । यदि राष्ट्र निर्माण र नेपाली जनताको लागि राजनीति गर्दै हुनुहुन्छ भने तपाईंलाई पार्टीले जुन पद दिएको छ त्यसमा रमाउन सिक्नुस् ।

यदि तपाईं र तपाईंका आफन्त ईष्टमित्रका लागि राजनीति गर्नु भएको हो भने तपाईंलाई यो देशमा बस्ने अधिकार छैन । तपाईंहरु पलायन भएर गैहाल्नुस। तपाईको लाजनीति उतै गर्दै गर्नुहोला भनि मेरो तिमीहरुलाई दुई हातजोडी बिन्ती छ । १०४ वर्षीय राणा काल, राजाकाल, काङ्ग्रेसकाललाई फाल्दै कम्युनिष्टको सकाल भित्राएका थिए ।

नेपाली जनताले फेरि ती नेपाली जनताको महाकाल बुन्दैछन् । दुईचार जना नेकपाका भरौटे, दुईजिब्रे बतुके विश्वासघाती, नातावादी, कृपावादीहरुले हाम्रो देशलाई बर्बाद गर्दैछ्न् । कोही राजाको कलो खाएर आएकाहरु राजासहितको लोकतन्त्र भजाउन व्यस्त हुदैछन् । कोही नेपालमा नचाहिने संघीयताको भरणपोषण गर्दैछन् भने प्रभुलाई खुशी पार्न मरिहत्ते गरेका छन् । कोही बर्बाद भएर तराई मधेशका क्षेत्रीय पार्टीलाई अङ्गालो हाल्न गएका छन्, कोही जनता भजाएर अन्तिम मुक्तिको आन्दोलन भन्दै जङ्गल तिर डेरा जमाएका छन् ।

नेपाली कम्युनिष्टलाई नेपाली कम्युनिष्टले नै सिध्याउने जाल बुनिदैछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्षज्युहरु तपाई सिंहदरबार किन जानू भएको अनि नेपाली जनताले किन पठाएका हुन् ? तपाईहरुलाई थाहा छ कि नाई ? के जनताले तिरेको करलाई विभिन्न बहाना बनाएर भ्रष्टाचार गर्न पठाएका हुन र ? नेपाली आमाले जति नेता जनमाए पनि के सबै कुबुद्धि भएका जन्माइन् त ? कम्युनिष्टले सर्वहारा वर्गका लागि देश विदेशमा लगायत हजारौं आन्दोलन गरे तर उहीँ चाल अब त गरिबले काँचुली फेर्ने दिन आए भनेको त नेता र मन्त्रीहरूलेमात्र काचुली फेरेर समृद्ध नेपाल होला र केपी, प्रचण्ड ज्यु ? नेपाल कम्युनिष्ट पार्टीका सबै १० लाख नेताकार्यकर्ताले चाहने हो भने देशको विकास ५ वर्षमा हालसालै को विकास भन्दा ७०% ज्यादा विकास अनि निकास नेपाल अनि नेपाली जनताले पाउनेछन् । सुखी नेपाली समृद्ध नेपाल हाम्रै पालामा हाम्रै हातले बनाउने गरि प्रधानमन्त्री केपी ज्युले जो अभिधारा ल्याउनु भएको छ वास्तवमा नेपालीहरुको हितमा छ ।

नेपाल कम्युनिष्ट पार्टीका शिर्ष नेताहरु गुटबन्दीमा फसेका छन् । मात्र पदको लागि जनता जाउन भाडमा भन्ने प्रवृति हावी भएको छ । दुई जिब्रेज्युहरुमा जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीज्यु, पुष्पकमल दाहाल (प्रचण्ड) झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम, ईश्वर पोख्रेल, नारायण काजी श्रेष्ठ, राम बहादुर थापा (बादल) आ–आफ्नो दुनो सोझ्याउन भित्र–भित्र जाल बुन्दैछन् । केपीलाई अल्पमत पार्ने अनि देश धरापमा पार्ने जाल बुन्दैछन् । बामदेव गौतमलाई सांसद बनाउँदा के बिग्रने छ र महासय साँच्चै भन्ने हो भने बामदेव गौतम महाकाली सन्धि गर्ने बेलामा विपक्षी बनेका थिए । अर्थात् नेपालको हितमा काम गरेका थिए । सायद उनी राष्ट्रको लागि सच्चा पहरेदार हुन्, अनि किन उनी माथी राजनीति हुँदैछ ? प्रधानमन्त्रीज्युले पनि नेपाली जनतासङ्ग सोधेर मात्र काम गर्ने गर्नुहोस् ।

जनता MCC र बामदेव गौतम अनि अर्थमन्त्री खतिवडाको बारेमा दीर्घकालिन सोच बनाएर कामकाज गर्नुहोस् । अहिलेको समयमा बामदेव र खतिवडा नेपालको संसदमा चाहिने नेताहरु हुन् ।नेपाल कम्युनिष्ट पार्टीका नेताको चाला, नेपालबाट कम्युनिष्ट पतन गराएर सर्वहारा वर्गलाई सिध्याउँदै अङ्गाल्दैछन् जिम्मा लगाउँदैछन पुँजीवादीहरुको हवाला ।

सिध्याउने भए पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको नेपालको विकास गर्ने अनि सुखी नेपाली बनाउने अभिभारा । मैले सुनेको थिए, पढेको थिए अनि देखेको थिए सर्वहारावर्गको सरकारका मन्त्रीहरु खुट्टाले हिडेर काम गर्छन्, अनि मितव्ययी हुन्छन् विकास धेरै गर्छन्, कुर्सीको लागि मरिहत्ते गर्दैनन् सिस्टमलाई मान्ने गर्छन् । देश, जनता र राज्यको विकास कसरी गर्ने भन्नेमा सदैव होशियारी पूर्वक तयारी गर्छन् । तर नेपालका सर्वहारा पार्टीका मन्त्रीहरू र नेताहरु २० करोड का गाडी चढ्ने, डेढ लाखको पलङ्गमा सुत्ने, सर्वहारा पार्टीका प्रधानमन्त्रीले प्रयोग गर्नाले अहिले नेपाली कम्युनिष्टहरु बदनाम भैसकेका छन् ।

भ्रष्टाचार कम्युनिस्टको मेनिफिष्टोमा लेखेको छ कि जस्तो गरेर पार्टीका ठेकेदार, जननिर्वाचित जनप्रतिनिधिहरु करोडौं झ्वाम पार्दैछन् । यदि हाम्रा मन्त्री, नेता ठेकेदारले आफ्नो हैसियत भन्दा माथि गएर नेपाली आमा र सन्तानलाई बर्बाद गर्ने गरि यहीँ रबैया हो भने अब आउने निर्वाचनमा तेस्रो पार्टी हुँदै विश्वबाट कम्युनिष्ट पार्टीको बीऊ रहने देखेदैन तसर्थ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मन्त्री नेता र ठेकेदार आजैबाट नेपाल नेपाली आमा अनि स्वाभिमानको लागि विश्वमा पुनः कम्युनिष्टलाई ब्युँताउन नेकपाले मात्र सक्ने भएकाले नेपाली जनताको मन जितौं, युवाहरुलाई स्वदेश मै स्वरोजगार बनाउने योजनामा लगानी गरौं, २÷४ वटा नेपाललाई अत्यावश्यक पर्ने सामाग्री उत्पादन गर्ने ठुला उद्योग खोलौं अनि बल्ल समृद्ध नेपाल र सुखी नेपाली हुनेमा दुईमत छैन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताले गर्न नहुने केही बुँदाहरु यहाँ लेख्न चाहन्छु ;
१. भ्रष्टाचार गर्न हुँदैन ।
२. बलात्कार गर्न हुँदैन ।
३. ३ करोड नेपालीको जनजिबिको सङ्ग खेलवाड गर्न हुँदैन ।
४. गरिब, सर्वहारा, अपाङ्ग र पीडितहरुलाई दबाउन हुँदैन ।
५. मानव हत्या नेकपाले गर्न हुँदैन ।
६. नेपालको सीमाना बेच्न र बेच्ने कार्य कदापि गर्नु हुँदैन ।
७. अध्यक्ष र प्रधानमन्त्री बन्नको लागि देश धरापमा पार्ने गरि स्वार्थी डिसिजन लिनु हुँदैन ।
८. नेकपाका १० लाख नेता कार्यकर्ताले राज्य र राष्ट्रलाई कमजोर पार्ने काम गर्नु हुँदैन ।

नेकपाले तुरुन्त गर्नुपर्ने काम यसप्रकार छन्ः
१. लिपुलेक, लिपियाधुरा लगायत सुस्ता अनि मिचिएका सबै भूमि भारतसँग फिर्ता गराउने ।
२. सन् १९५० को शान्ति तथा मैत्री सन्धि अविलम्ब पुनरावलोकन गराउने, अथवा रद्ध गर्ने किन भने असोज ३ गते २०७२ सालको नेपालको नयाँ संविधानले सबै मृत बनाइसकेको छ ।
३. २०५१ सालको एमालेको नौ महिने सरकारको विकास गर्ने तरिका नौ स र जल जमीन र जङ्गल बचाउने गरि विपन्न वर्गको उत्थानको लागि नयाँ नयाँ सिस्टमबाट छिटो विकास गर्ने ।
४. युवालाई विदेश जान नदिने गरि नयाँ विकासको अवधारणा लाउने अब रेमिटेन्सको भर नपर्ने गरि कार्ययोजना बनाउने ।
५. सातै प्रदेशका जनतालाई बराबर देख्ने अनि बजेट विनियोजन गर्ने ।
६. नेपाललाई संघीयताले झन झन दल दलमा फसाएकाले खारेज गरौ पुरानै ५ विकास क्षेत्र कायम गरौ अरु सबै राम्रै छन्, वैज्ञानिक नै छन् ।
७. जातियता र भाषाको राजनीति नगरौं । यसले लाजनीति मात्र भएको छ । अहिलेको २ तिहाईको सरकारलाई साथ समर्थन दिउँ नेपालको विकासमा आफ्नो जिम्मेवारीको बोध सम्झने बानी बसालौं । केपी सरकारलाई सहयोग गरौं असफल पार्न कोही नलागौं ।
८. कोरोना महामारीमा भारतमा रहेका नेपालीलाई नेपाल भित्राएर स्कुल स्कूलमा राख्ने कि सरकार ध्यान जाओस् यहाँ अलपत्र छन् ।

त्रिलोचन देवकोटा (सदस्य)
प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समिति ।

प्रतिक्रिया दिनुहोस