२०७९ माघ २१, शनिबार

राप्तीमा संघिय सरकारबाट विभिन्न योजना माग

चैत्र १३, २०७५  | १०८० पटक पढिएको

– तिर्थराज ज्ञवाली
१३ चैत्र, मसुरीया (दाङ) / बुधवार राप्ती गाउँपालिका गाउँकार्यपालिकाको यस आर्थिक वर्ष २०७५।७६ को १९ औं बैठक कार्यपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसी महत्वपुर्ण विषयमा छलफल गरि निर्णय गरिएको छ ।

बैठकबाट संघिय सरकारबाट आगामी आर्थिक वर्ष २०७६।०७७ का लागि विभिन्न योजना माग गरिएको छ । जसमा सिसहनिया स्वास्थ्य चौकीको स्तर बृद्धि अस्पताल निर्माण, राप्ती चक्रपथको समग्र स्तरबृद्धि, मौरिघाट देविकोट दोलाईखोलामा हेवी पुल, वडा नं. १ को विपी मार्ग अन्तरगत शान्तिपुर चैते देखी घोराहि जोड्ने बाटोको स्तरबृद्धि, वडा नं. १ मा अवस्थित राष्ट्रिय मावि र अर्घाखाँची जोड्ने राप्ती नदिमा पक्की पुलको माग गर्ने निर्णय गरिएको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन् ।

गाउँकार्यपालिकाको बैठकले राप्ती चक्रपथको पश्चिम वडा नं. ५ को सिङगै खोला देखी ट्रयाक खोल्ने, ग्रामीण विद्युतिकरणको कार्यलाई उपभोक्ता मार्फत गराउने, वैकल्पीक उर्जाको सहयोगमा वडा नं. ९ को कार्यालयमा सोलार, ईन्भटर जडान गर्ने, वडा नं. ७ भानपुरमा रहेको गाउँपालिका स्तरिय खेलकुद मैदानको डिपीआर गरि तार जाली लगाउने, बायो पानी फील्टर अनुदान तथा सहकार्यमा गरिव परिवारलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस