दाङमा कतारबाट आएका एक जनालाई कोरोनाको शंकामा क्वारेनटाईन लगियो

चैत्र १२, २०७६  |  १५३ पटक पढिएको  |   साक्षी खबर

– बालकृष्ण पाण्डे
१२ चैत, बबई / दाङमा भर्खरै कतारबाट आएकी एक युवतीलाई तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालको क्वारेन्टाईनमा राखिएको छ । कोरोना भाइरससंग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि बबई गाउँपालिका निवासी २१ वर्षिया ती महिलालाई आइसोलेसन वार्डमा राखिएको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार उनी दोहा कतारबाट आएको कतार एयरवेजबाट नेपाल आएकी थिईन् । उनीसंगै अर्का बबईकै एक जना युवति भने अझै सम्पर्कमा आएकी छैनन ।

उनको पनि खोजी भईरहेको छ । कतार एयरवेजमा आएका एकमा कोरोना संक्रमण देखिएपछि दाङका उनीहरुलाई पनि निगरानी गरिएको हो ।

महिलालाई भोलि बिहिबार नै बेलझुण्डीमा रहेको एक सय वार्डको क्वारेन्टाइनमा राखिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए । कोरोना भाइरस भए नभएको पत्ता लगाउनका लागि ती महिलाको नमुना परीक्षणका लागि काठमाडौँ भोलीलै पठाइने छ । रिर्पोट आउन ३६ घन्टा समय लाग्ने उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस