बेलायती राजकुमार चाल्सलाई कोभिड–१९ कोरोनाको संक्रमण

चैत्र १२, २०७६  |  ६८ पटक पढिएको  |   साक्षी खबर

– एजेन्सी
१२ चैत, काठमाडौं । बेलायती राजकुमार चाल्र्समा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । महारानी एलिजाबेथको दोस्रो सन्तान चाल्र्समा संक्रमणको पुष्टि भएपछि उनी स्कटल्याण्डमा ‘सेल्फ आइसोलेशन’मा बसेका छन् ।

क्लारेन्स हाउसले बुधबार एक वक्तव्य जारी गरी प्रिन्स चाल्र्स कोभिड–१९ को संक्रमित भएको पुष्टि गरेको हो । संक्रमित भएपनि उनी स्वस्थ्य अवस्थामा रहेको र घरबाटै काम गरिहेको वक्तव्यमा उल्लेख छ । सीएनएनका अनुसार पछिल्लो साता सर्वसाधारणसँग भेटघाटको भूमिकामा रहँदा उनमा कोभिड–१९ को संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

चाल्र्स ७१ वर्षीय भएका छन् । चाल्र्स, प्रिन्स फिलिप र महारानी एलिजाबेथको सबैभन्दा जेठा छोरा हुन् । उनको उमेर ७० वर्षभन्दा माथि रहेकोले कोभिड–१९ को उच्च जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार