नेपालमा थप एकमा कोरोना संक्रमण पाइयो, संक्रमितको संख्या तीन पुग्यो

चैत्र १२, २०७६  |  ५९ पटक पढिएको  |   साक्षी खबर

१२ चैत, काठमाडौ / नेपालमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । मंगलबार राती प्राप्त कोरोनाको परीक्षण रिर्पोटमा थप एक जनामा देखिएको राष्ट्रिय जनस्वास्थय, प्रयोगशालका सूचना अधिकारी राजेश कुमार गुप्ताले बताए ।

खाडी मुलुकबाट नेपाल आएका ३० वर्षीय युवामा देखिएको र उनको टेकु अस्पतालमा उपचार भइरहको छ । बिरामीलाई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । यो सँगै नेपालमा कोरोनाको संक्रमित हुनेको सख्या तीन पुगेको छ ।

यसअघि चीनबाट फर्केका युवा र केहीदिनअघि फ्रान्सबाट फर्किएको किशोरीमा संक्रमण देखिएको थियो । चीनबाट फर्किएका युवा उपचारपछि निको भएर घर फर्किएका छन् भने किशोरीको उपचार भईरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार