विश्वभर १९७ देशमा कोरोना संक्रमण, इटली, स्पेन र फ्रान्समा महामारी (सूचि सहित!)

चैत्र १२, २०७६  |  १५२ पटक पढिएको

१२ चैत, काठमाडौँ / विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको संक्रमणबाट १९७ देश प्रत्यक्ष प्रभावित भएका छन् । चीनको एक शहरबाट देखिन सुरु भएको कोरोना भाइरसको संक्रमणबाट बुधबार बिहानसम्म ४ लाख २२ हजार ६ सय ९२ जना मानिस संक्रमित भएका छन् । जसमध्ये १३ हजार ९५ जना संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ४३ हजार ७ सय ६९ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने २ हजार ३ सय ७८ जनाको ज्यान गएको छ । यो सँगै विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय ९२ पुगेको छ ।

पछिल्लो सयम कोरोनाको उद्गमस्थल चीनमा कोरोनाका बिरामी देखिन छाडेका छन् भने इटली, स्पेन र अमेरिकामा महामारीको रुप लिन थालेको छ ।

मंगलबार मात्रै इटलीमा ७४३, स्पेनमा ६८०, फ्रान्समा २४० तथा अमेरिकामा २२२ जनाले ज्यान गुमाएका छन् । यस्तै मंगलबार अमेरिकामा सबैभन्दा धेरै ११ हजार ७४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

तर कोरोनाको उद्गमस्थल चीनमा केही दिनदेखि कोरोनाका संक्रमित देखिन छाडेसँगै आजबाट लकडाउन हट्ने भएको छ । यसअघि चीन सकारले कोरोनाका संक्रमण घटेसँगै ६ दिन र १० दिनमा बनाएका ठुल–ठुला अस्पताल पनि भत्काइसकेको छ ।

यस्तै नेपालमा पनि एक जना युवतीमा कोरोनाको संक्रमण भएको पुष्टी भएसँगै हिजो मंगलबारबाट लकडाउन सुरु भएको छ । आज लकडाउनको दोस्रो दिन नेपालमा अत्यावश्यक बाहेकका अन्य कार्यालयहरु बन्द छन् ।

१९७ देशमा कोरोना संक्रमण यस्तो छ:-

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार