वेलझुण्डी खानेपानीको आग्रह– पानी वितरणमा समस्या भए खबर गर्नुस्

चैत्र ११, २०७६  |  २४५ पटक पढिएको  |   साक्षी खबर

११ गते, वेलझुण्डी

वेलझुण्डी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक विज्ञप्ती जारी गरी हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबाट मुलुकलाई सुरक्षित राख्ने उद्देश्यले आफ्ना उपभोक्तालाई सुरक्षित रहन आग्रह गरेको छ ।

संस्थाले नेपाल सरकारको निर्णयलाई पालना गर्दे अर्को सुचना प्रकाशित नहुदाँ सम्म कार्यालय वन्द रहने पनि जनाएकोछ । संस्थाका अध्यक्ष प्रदीप गौतमकोे हस्ताक्षरित विज्ञप्तीमा ‘हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कठिन परिस्थितिमा उपभोक्ता तथा सबै नेपालीहरुले आ–आफ्नो ठाउँबाट भोली आउन सक्ने विपत्ति समेतलाई दृष्टिगत गर्दै आ–आफ्नो भूमिका प्रभावकारी र इमान्दारी ढंगबाट निर्वाह गर्नु पर्ने बेला आएको तर्फ खानेपानीसँग सम्बन्धित सबै उपभोक्ताहरुमा गम्भिर ध्यानाकर्षण गराउँदछ’ विज्ञप्तीमा उल्लेख छ ।

साथै संस्थाले उपभोक्ताहरुमा पानी वितरणमा कुनै समस्या आएमा तुरुन्त मोवाइल ९८५७८२१४९५ र ९८४७८२३३४६ नम्बरमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस