बेलायत पूर्ण ‘लकडाउन’, नियम नमान्नेलाई जरिवाना

चैत्र ११, २०७६  |  ५४ पटक पढिएको  |   साक्षी खबर

– बीबीसी
११ चैत, काठमाडौँ । बेलायतमा सार्वजनिक स्थानमा दुई जना भन्दा बढी भेला हुन प्रतिबन्धन लगाइएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जनसनले कोरोना भाइरस संक्रमण रोक्नका लागि कयौं प्रतिबन्ध घोषणा गरेका छन् । बेलायतका जनतालाई घरभित्रै बस्न भनिएको छ । अत्यावश्यक सामान किन्न, औषधि र अत्यावश्यक कामका लागि मात्रै घर बाहिर जान छुट दिइएको बीबीसीले जनाएको छ ।

अत्यावश्यक बाहेकका अन्य पसल बन्द गर्न भनिएको छ । योसँगै सार्वजनिक स्थलमा दुई जना भन्दा बढी मानिस भेला हुन पाउँदैनन् । बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३३५ पुगेको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले डाइनिङ स्ट्रीज टेलिभिजन संवोधनमा सरकारी प्रतिबन्ध पालन नगर्नेमाथि कारवाही गर्ने बताए । प्रधानमन्त्रीले लाइब्रेरी, खेलको मैदान, आउटडोर जिम र धार्मिक स्थल बन्द राख्ने आदेश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार