२०७९ माघ २६, बिहीबार

व्यवसायी भन्छन्– “करले होइन, रहरले कर तिर्ने वातावरण बनाऔं”

चैत्र १२, २०७५  | १०७७ पटक पढिएको

१२ चैत्र, बिजौरी / यहाँका व्यवसायीकहरुले स्थानीय तहले आफूखुसी कर लिने कानुन तयार पारेको भन्दै व्यवसायीहरुलाई दबावभन्दा रहरले कर तिर्ने वातावरण बनाउन आग्रह गरेका छन् । एउटै शीर्षकमा संघीय र स्थानीय सरकारलाई कर तिनुपर्दा व्यवसायीहरु मारमा परेको व्यवसायीहरुले बताएका छन् ।

आन्तरिक राजश्व कार्यालय, घरेलु, उपमहानगरपालिकामा कर तिर्नुपर्दा व्यवसायीहरु मारमा परेको बिजौरी उद्योग वाणिज्य संघका उपाध्यक्ष लेखनाथ खत्रीले बताए ।

अर्का व्यवसायी गोविन्द पौडेलले सेवा नदिइ कर मात्र उठाउने कार्यले व्यवसायीहरु मारमा परेको बताए । सेवाग्राहीले कर तिर्ने बेला नै करदाताको पक्षमा उपयोगको बारेमा समेत जानकारी दिनुपर्ने बताएका थिए ।

तुलसीपुर उपमहानगरपालिकाका वित्तिय अधिकृत ललित घर्तीले विगतमा स्थानीय निकायमा समेत कर तिर्ने व्यवस्था भएको तर कार्यान्वयनमा नआएको बताए । जनप्रतिनिधि आएपछि कार्यान्वयनको चरणमा पुगेका बताएका थिए । कर तिनुपर्ने कानुनमै व्यवस्था भएका कारण व्यवसायीहरुसँग उपमहानगरपालिकाले कर लिन थालेको बताएका थिए ।

तुलसीपुर उपमहानगरपालिका आर्थिक विकास समितिका समितिका संयोजक माधव वलीले करबाटै विकास हु्ने भएका कारण कर तिनुपर्ने बताएका थिए । व्यवसायीहरुलाई घरेलु कार्यालय सेवा सुविधा स्थानीय तहबाटै दिनका लागि प्रयास थालिने बताएका थिए । सिहंदरबारमा हुने काम काज स्थानीय तहमा आएका कारण सेवा सुविधासँगै कर तिनुपर्ने परेको बताए । विगतमा एउटा गाविसमा आउने बजेट अहिले एउटा योजनामा विनियोजन भएको बताए ।

१८ नम्बरका वडाध्यक्ष समेत रहेका वलीले भने– ‘एक करोड बढीको बजेट एक वडामा आएको छ’ । आर्थिक नभए विकास समेत सम्भव नहुने बताएका थिए । स्थानीय तहको कर संकलनको सामथ्र्यका अनुरुप नै संघीय सरकारबाट बजेट आएको छ । थप प्रस्ट्याउँदै उनले घोराहीमा आन्तरिक स्रोत लक्ष्य १९ करोडमध्ये ११ करोड उठाएको छ तर तुलसीपुर उपमहानगरपालिकामा पन्ध्र करोडको लक्ष्य ल्याएपनि ६ करोड मात्र संकलन भएको बताएका थिए । विगतमा समेत कर तिर्ने, कर सम्बन्धी उपयोग भए नभएको निगरानी गर्न समेत सेवाग्राहीहरुलाई आग्रह गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस