बिजौरी उवासंघले सार्वजनिक शौचालय बनाउने

चैत्र ०९, २०७६  |  १५० पटक पढिएको

०९ चैत्र, बिजौरी / बिजौरी उद्योग वाणिज्य संघको पहलमा बिजौरीमा सार्वजनिक शौचालय बन्ने भएको छ । संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा आइतबार बसेको बैठकले बिजौरीमा सार्वजनिक शौचालय बनाउने निर्णय गरेको छ । उक्त बैठकले शौचालय बनाउनका लागि उपसमिति समेत गठन गरेको छ । उक्त उपसमितिमा उद्योग उपाध्यक्ष बालकृष्ण रेग्मीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा शिवराज के.सी., रेश्मीराज खड्का, गोविन्द रोका र प्रेम वि.क रहेका छन् ।

सार्वजनिक शौचालय बिजौरी उद्योग वाणिज्य संघको भवन पछाडी निर्माण गर्ने निर्णय गरिएको छ । संघका पूर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिका सल्लाहकार कमानसिंह खड्काको संयोजकत्वमा ३ सदस्यीय अनुगमन उपसमिति समेत गठन गरिएको छ जसको सदस्यहरु संघको निवर्तमान अध्यक्ष मुकेश वली र प्रेस सल्लाहकार दामोदर बस्नेत (राकेश) रहेका छन् ।

त्यस्तै बिजौरी उद्योग वाणिज्य संघले सार्वजनिक शौचालय निर्माण गर्नको लागि संघका अध्यक्ष प्रेमनाथ योगीको संयोजकत्वमा आर्थिक सहयोगको लागि तुलसीपुर उपमहानगरपालिका कार्यालय र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ र १९ मा डेलिगेशन जाने निर्णय गरेको सघंका महासचिव बिदुर गौतमले जानकारी दिए ।

यसैबिच संघका अध्यक्ष प्रेमनाथ योगी र महासचिव विदुर गौतमले एक विज्ञप्ती जारी गरी बजारमा दैनिक उपभोग्य सामाग्रीहरुको अभाव हुन नदिन संघ सधैं सचेत रहेको समेत जनाएको छ । साथै व्यापारीहरुले कहिकतै उपभोग्य सामानहरुको कृत्रिम अभाव सिर्जना गर्ने गरेको पाइएमा संघले कडा भन्दा कडा कारबाही गर्ने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमनबाट जोगिन आम व्यवसायहरुलाई बजार सरसफाई र व्यक्तिगत सरसफाईमा पनि विशेष ध्यान दिन आग्रह गरिएको छ । त्यसैगरी संघले कोरोना भाइरसका संक्रमितको पहिचान गर्न आवश्यक पर्ने उपचार सामग्रीहरु तथा भौतिक संरचना निर्माणका लागि पनि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण समेत गराएको संघका प्रेस सल्लाहकार राकेश बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार